मेस्सीको गोलले बार्सिलोना क्वाटर फाइनलमा, चेल्सी वाहिरीयो

106 Hits

काठमाडौं, १ चैत –
चर्चित बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
प्रिक्वार्टरफाइलनको दोश्रो लिगमा चेल्सीलाई ३ शून्यले हराएर वार्सिलोना क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले २ तथा ओस्मान डेम्बलेले गोल गरेका थिए । खेलको तेश्रो मिनेटमै मेस्सीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि डेम्बलेले २० औ मिनेटमा अर्को गोल थपेका थिए ।

मेस्सीले ६३ औ मिनेटमा थप एक गोल गरेपछि खेल ३ शून्यले बार्सिलोनाले जितेको हो ।
यसअघि म्यान्चेष्टर युनाइटेड र टोटनह्याम पनि नकआउट चरण नपुगि बाहिरिइसकेका छन् । योसँगै मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या एक सय पुर्‍याएका छन् ।
नतिजापछि पाँचपटकको च्याम्पियन्स लिग विजेता चेल्सी प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

Related News

मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले जित्यो उपाधी । यसरी गरे मेस्सीले ३ गोल

काठमाडौं, १७ बैसाख । अन्तत : स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले हात पारेको छ । सर्वाधिक चर्चित खेलाडी लिओनेल मेसीको…

एक दिवसीय मान्यता प्राप्त क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीको भव्य स्वागत

काठमाडौं, ६ चैत/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । जिम्बाब्वेमा सम्पन्न…

Comments are closed