संविधान संशोधन हुन्छ, तर आतंककारी गतिविधि स्वीकार छैन: प्रधानमन्त्री ओली

159 Hits

काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने धारणा व्यक्त गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सदस्य,राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताएका हुन् ।

सांसदहरुलाई सम्बोधन गर्दै उनले भने संविधान समयको माग अनुसार संसोधन हुन्छ’, तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्नेगरी संसोधन नहुने उनको भनाई छ । देशलाई थप मजवुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’
ओलीले सरकारलाई कुनै पनि आतंककारी गतिविधि स्वीकार नभएको चेतावनी दिएका छन् । कुनैपनि अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छु, प्रधानमन्त्री ओलीको चेतावनी थियो।

अब बलात्कारका घटना रोकीन्छन्
प्रधानमन्त्रीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताउँदै बलात्कारजस्ता जघन्य घटना रोकिने र महिला हिंसा अन्त्यका लागि जागरण अभियान चलाइने जानकारी दिए । अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’, प्रधानमन्त्री ओलीले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्‍याएका छन्।
जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ती काम गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाए। ‘जनताले जे कुरा मन पराउछन् त्यो गर्नुहोस, जे कुरा मन पराउदैनन् त्यो गर्दै नगर्नुहोस’‍, प्रधानमन्त्री ओलीले भने।

अब हरेक मिनेट समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ , प्रधानमन्त्री ओलीले भने ‘यी सबै कुराको गाम्भीर्यतालाई बुझ्‍न सकियो भने देश निर्माण हुन समय लाग्दैन।’ कार्यक्रममा नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका सांसदहरुको सहभागिता थियो।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी