यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१, नेपाली २२ जना

160 Hits

काठमाडौं ३० फागुन ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चार जना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी