विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित, शपथ ग्रहण बुधबार

96 Hits

काठमाडौं, फागुन २९ ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पुन दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।
आज भएको निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतमूल्यसहित विजयी भएकी हुन् । उनको पक्षमा प्रतिनिधिसभा र राष्ट्रयसभाबाट १९ हजार ३ सय ५५ मतमुल्य र प्रदेशबाट १९ हजार ९ सय २० मतमूल्य प्राप्त गरेकी हुन् ।

त्यस्तै कांग्रेसकी कुमारी लक्ष्मी राईको पक्षमा संघीय सांसदबाट ६ हजार १६२ मतमूल्य र प्रदेश सभाबाट ५ हजार ५६८ मतमूल्य गरी ११ हजार ७ सय ३० मतमूल्य रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आज विहान १० बजेबाट सुरु भएको राष्ट्रपति निर्वाचनको मतदान अपराह्न ३ बजे सकिएको थियो भने अपराह्न ४ बजेबाट मत गणना सुरु भई अपराह्न ५ः १५ बजे सकिएको थियो ।
उनले बुधबार अपराह्न ४ बजे प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियतको शपथ ग्रहण गर्ने भएकी छन् ।
उनले राष्ट्रपति कार्यालय सितलनिवासमा सपथ ग्रहण गर्ने छिन् ।

Related News

९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

लमजुँग, बैसाख- ९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा ।…

अरुण तेस्रो आयोजनामा बम विस्फोट, भवनमा क्षति

संखुवासभा– अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी