विमानस्थलमै भयो भयानक दुर्घटना, ४९ को निधन, २२ घाइते, के के भयो त्यसपछि

128 Hits

काठमाडौं, २८ फागुन –
नेपालको एक मात्र अन्तराष्टिय विमानस्थल त्रिभुवन विमानस्थलमा इतिहासमा हालसम्मकै ठूलो दुर्घटना भएको छ ।
बंगलादेशबाट आएको यूएस बंगलाको विमान सोमवार दिउँसो दुर्घटनामा पर्दा नेपाल र विदेशी गरी ४९ जनाले ज्यान गुमाएका छन् भने विमानमा सवार ७१ जना यात्रुमध्ये २१ जना घाइते अवस्थामा काठमाडौंका विभिन्न अस्पतालमा को उपचारका क्रममा छन् ।

ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला एयरवेजको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दिउँसो दुर्घटना भएर आगलागी भएको थियो ।

ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

विमान दुर्घटना भएपछि विमानस्थलमा सबै उडानहरु २ घण्टाका लािग स्थगित गरिएका थिए । प्रधानमन्त्री के पी ओलीले निरीक्षणपश्चात अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए ।

विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले आइतबार अपराह्न भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले गठन गरेको आयोगमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी सदस्य तथा सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन्।

जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए। बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ।
कसको कहाँ उपचार ?

केएमसी अस्पतालमा- विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्याइएको छ । पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

केएमसीमा मृतक घोषणाा- उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद महिला ९चालक दल० र खवाज हुसेन९ चालक दल०, प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

अन्य अस्पतालमा उपचार गराइरहेकाहरु- यात्रुहरु किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर – नर्भिक अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।

 

Loading...

Related News

रुसमा उँडेको ८ मिनेटमा विमान दुर्घटना, चालकदलका ६ सहित ७१ को मृत्यु

रसिया । मस्कोबाट अोरेनवर्गका लागि उडेको ८ मिनेटमा विमान अाइतबार दुर्घटना भएको छ । ७१ जना सवार उक्त विमानका सबै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी