प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई संंसदमै यस्तो आदेश

213 Hits

काठमाडौं, २७ फागुन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलीलाई भाषण गर्नुभन्दा एक्सनमा जान निर्देशन दिएका छन् । संसदको आइतबारको बैठकमा ओलीलाई विश्वासको मत दिने क्रममा प्रचण्डले शान्ति, स्थायित्व र सुशासनको पक्षमा सरकारले सिधै ‘एक्सन’ लिनुपर्ने बताएका हुन् ।

अब देश बनाउनको लागि भाषण होइन एक्सन लिनुको विकल्प नभएको भन्दै प्रचण्डले त्यसका लागि वाम गठबन्धनको सरकारलाई एक्सन लिने अधिकार भएको उल्लेख गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत रचानात्मक समर्थन रहने प्रतिबद्धता आइसकेको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिबद्धता र संकल्प पूरा गर्नको लागि एक्सनमा उत्रिनुको विकल्प नभएको बताए ।

पटक पटक एक्सनमा जोड दिएका प्रचण्डले भने, ‘यो देशमा अराजकता, वेथिति र विकृति होइन । अब विकासको युग हुनुससपर्छ भनेर नै जनताले मत दिएको हो । अब एक्सनबाट जनताको आकांक्षालाई सम्बोधन गरिनुपर्छ ।’

उनले ओलीले भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिने आशा व्यक्त गर्दै राज्यका सबै अंगमा हुने गरेका ढिलासुस्ती र अनियमितता विरुद्ध पनि कदम चाल्ने विस्वास व्यक्त गरे ।

प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्दै ओलीलाई समर्थनको पत्र बुझाएको स्मरण गर्दै अहिले औपचारिकता दिनमात्रै उपस्थित भएको बताएका थिए । उनले आफूले ओलीलाई प्रधानमन्त्री बनाउने कुरा निर्वाचनमै जनातसँग बाचा गरेको बताएका थिए ।

अब विकासको युग सुरु भएको बताउँदै प्रचण्डले विगतमा जस्तो पटक पटक प्रधानमन्त्री फेर्न नहुने धारणा राखे । विगतमा आफूले ८ नेतालाई कुनै रुपमा प्रधानमन्त्री बनाउने भूमिका खेलेको स्मरण गर्दै प्रचण्डले भने, ‘मलाई विभिन्न समयमा गरी ८ वटा प्रधानमन्त्री बनाउने अवसर प्राप्त भएछ ।’ उनले ठट्टा गर्दै थपे, ‘अब कति वटा बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ भन्ने सम्म भयो । कतिलाई सिधै पार्टी अध्यक्षको रुपमा प्रस्ताव गरेँ त कतिलाई सिधै प्रस्ताव समेत गरेँ ।’

देशमा स्थायित्व र विकासका लागि नै वाम गठबन्धन बनाएको बताउँदै प्रचण्डले साझा उम्मेद्वार तय गर्दै स्थायित्वको लागि मत माग्दा जनताले पनि विश्वास गरेको बताए ।

‘देशमा स्थायित्वका लागि वाम गठबन्धन बनाएर साझा उम्मेदवार तय गर्दै चुनावमा गएका थियौं । हामीले विश्वासको मत जनतासँग मागेका थियौं । जनताले पनि आफ्नो मत अभिमत जाहेर गरिसकेका छन् ।’

Loading...

Related News

प्रदेश र संघिय सरकार बैठक : समस्या समाधानको लागि कार्यदल गठन

काठमाडौं, २५ मंसिर । अन्तर प्रदेश परिषदको बैठकले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ।…

हाम्रो सफलताले अरुलाई पनि सिकाउन सक्छ : प्रम ओली

काठमाडौँ, १५ मङ्सिर प्रधानमन्त्री एवं नेककपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी