२० दिनमा एक हजारभन्दा बढी सर्वसाधारण मारिए सिरियाको पूर्वी गुटामा

140 Hits

सिरिया । सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए ।

सरकारी सुरक्षा फौज सेनाको सहयोगका लागि गठन भएको यहाँको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा सैन्य अभियान चलाएका थिए । सो अभियान सुरुगरेयता आधाभन्दा बढी क्षेत्रलाई सरकारी सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको पनि बताइएको समाचारमा उल्लेख छ । उक्त क्षेत्रका थोरै ठाउँको दरले सबैलाई आफ्नो नियन्त्रणमा लिँदै जाने रणनीतिअनुसार उनीहरुले केही ठाउँ अहिले नियन्त्रणमा लिएका हुन् ।

सरकारी सैन्य बलले शनिबार गुटाको मुख्य ठाउँ डौमालाई सफलतापूर्वक विद्रोहीबाट मुक्त गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स्ले जनाएको छ । शनिबार मात्रै डौमामा कम्तीमा २० जना मारिएका छन् । मारिनेमध्ये चारजना बालबालिका पनि रहेका छन् । त्यसैगरी अर्को ठाउँमा अरु १७ जना मारिएको पनि अनुगमनकर्ताले जनाएका छन् ।

पूर्वीगुटा क्षेत्रमा अहिलेसम्म मारिनेको संख्या एक हजार ३१ पुगेको छ । मारिनेमध्ये २१९ जना बालबालिका रहेका छन् । आक्रमणमा परी चार हजार ३४० भन्दाबढी मानिस घाइते भएको अनुगमनकर्ताले जानकारी दिएको पनि आइतबार प्राप्त पछिल्लो समाचारमा उल्लेख गरिएको छ ।

उता सो क्षेत्रमा राष्ट्रसंघीय सहायताकर्मीले निकै प्रयास गरेको भए पनि सहायता वितरण गर्न अझै सकेका छैनन् । उनीहरुले शनिबारका लागि गरेको प्रयास पनि आंशिकरुपमा मात्र सफल भएको छ । सहायता सामग्री बोकेका केही ट्रक डौमा क्षेत्रमा पुगेको भएपनि उनीहरुले निर्वाधरुपमा वितरण गर्न भने सकेका छैनन् । रासस

Loading...

Related News

रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

काठमाडौं, २८ भदौ । जर्मन  रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ ।…

बेलायतका दक्षिण एसिया विभाग प्रमुखले भेटे प्रचण्ड

काठमाडौं । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी