सभामुख महराले लिए सपथ, आजदेखि सम्माननीय

53 Hits

काठमाडौँ, २७ फागुन—
प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका सांसद तथा नेता कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

प्रतिनिधिसभाको दाङ–२ बाट निर्वाचित नेता महराले प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितको पूर्ण समर्थन प्राप्त गरी सभामुख बनेका हुन् ।
उनलाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो। शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली लगायत मन्त्रीहरु तथा नेपाल सरकारका विशिष्ठ अधिकारीहरुको अपस्थिति थियो। यस अघि उपप्रधानमन्त्री सम्मको भुमिका निर्वाह गरेका महराले आजदेखि सम्माननीय सभामुखको जिम्मेवारी ग्रहण गरेका हुन् । दौरा सुरुवालमा महराले सपथ लिएपछि यस विषयमा विभिन्न टिप्पणी र सुझावहरु सामाजिक संजालमा आएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा शनिवारको बैठकमा गरेका थिए। अरू कसैले उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार महरा निर्विरोध भएका थिए।
महरा सालिन व्यक्तित्व र निर्णय क्षमता भएका नेताहरुमा पर्दछन् । सभामुखको रुपमा पहिलो इनिंगमा महराले आफ्नो व्यक्तित्वलाई अझै निखार्ने र राष्ट्रको अभिभावकीय भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Related News

संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ,अाजै पदभार ग्रहण

काठमाडौं, १९ बैशाख । संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनियताको शपथ खुवाइएको छ । संसद सचिवालय…

पार्टीको सक्रिय राजनीति अहिले हुँदैन : सभामुख महरा

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । झन्डै दुईतिहाइनजिक पुगेको एमाले र माओवादी केन्द्रको…

Comments are closed