दुइतिहाई बढि समर्थन लिंदै बाम सरकार, कांग्रेस सबैभन्दा कमजोर प्रतिपक्ष बन्दै

190 Hits

काठमाडौं, २७ फागुन ।
बाम गठबन्धनको सरकार दुई तिहाई भन्दा वढि मतको समर्थनसहित इतिहासकै सबैभन्दा वलियो सरकार बन्ने देखिएको छ । प्रधानमन्त्री बनेको २४ दिनमा विश्वासको मत लिन लागेको केपी ओली नेतृत्वको सरकारले दुई तिहाई भन्दा वढि समर्थन प्राप्त गर्न लागेको हो ।
यस सँगै प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्ष बन्ने लक्षण देखिएको छ । उसले एक तिहाई साँसद समेत पुर्याउन नसकेपछि सबैभन्दा कमजोर प्रतिपक्षको रुपमा खुम्चीएको हो । सरकारको पक्षमा राजपासहित १ सय ९४ सांसद देखिएका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले आज विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।

दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ । राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका पक्षमा सरकारलाई अहिलेसम्म दुईतिहाइभन्दा बढी सांसदले समर्थन जनाइसकेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए । ‘कांग्रेसबाहेकका दल सरकारलाई विश्वासको मत दिन सकारात्मक छन्’, पौडेलले नयाँ पत्रिकासँग भने, ‘केही दलले निर्णय नै गरेर समर्थन जनाइसकेका छन् ।’

तीन दलसहित स्वतन्त्रको समर्थन

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको नयाँ पत्रिकालाई जानकारी दिए । ‘हामी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्छौं,’ यादवले भने । राजपाले यसअघि नै राष्ट्रपतिमा विद्या भण्डारीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् । राप्रपा प्रवक्ता भुवन पाठकले राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

फोरम सकारात्मक

प्रधानमन्त्रीलाई विश्वासको मत दिन संघीय समाजवादी फोरम पनि सकारात्मक छ । विश्वासको मत दिने–नदिने विषयमा आइतबार बस्ने संसदीय दलको बैठकबाट निर्णय हुने संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हामी सकारात्मक नै छौँ, तर अहिलेसम्म प्रतिपक्षमै भएको र सरकारसँग सहमति भइनसकेकाले आइतबार बस्ने संसदीय दलको बैठकबाट मात्र विश्वासको मत दिने–नदिने निर्णय गर्छौं,’ श्रेष्ठले भने । सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् ।

विश्वासको मतका लागि यस्तो छ कार्यसूची

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अपराह्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओली ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मतपछि सरकार विस्तारको तयारी

संसद्बाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री ओली सरकारलाई पूर्णता दिने तयारीमा छन् । ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । हाल मन्त्रिपरिषद्मा एमालेका चार र माओवादीका दुई मन्त्री छन् । फोरम सरकारमा सहभागी हुन तयार देखिए पनि राजनीतिक सहमति भइसकेको छैन । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार फोरम दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा छ । तर, राजपा पनि सरकारमा सहभागी हुन तयार देखिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिएपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसँगै सरकार विस्तारको योजनामा छन् । राजपाले दुई मन्त्रालयमा दाबी गरेको छ ।

– नयाँ पत्रिकाबाट

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी