नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले भने – ‘सबै समस्याको समाधान गर्ने भुमिका निर्वाह गर्नेछु’

151 Hits

काठमाडौं, २७ फागुन ।

प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केनन्द्का नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा निर्वाचित भएका छन् । प्रमूख प्रतिपक्षी दलको समेत सहज समर्थनमा सभामुख बन्न सफल नेता महराले देशका सबै राजनीीतक समस्याको समाधान गर्न आफूले पहल लिने बताएका छन् ।

बाम गठबन्धनको तर्फबाट सभामुख प्रस्तावित महरालाई संसदको पूर्ण समर्थन प्राप्त भएको थियो । एक्लै उमेदवार रहेका महरा नेकपा एमालेका सुवास नेम्वाङको प्रस्ताव र माओवादी दल प्रमूख सचेतक देब गुरुंगको समर्थनमा सभामुखको उम्मेदवार बनेका थिए । उनलाई संसदमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले समर्थन व्यक्त गरेर निर्विकल्प सभामुख बनाएका थिए ।

सभामुख निर्वाचित भएपछि महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शनिवारको बैठकले सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ,’ उनले भने, ‘अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।’

उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए ।

निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए।
नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले आज आइतबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी