हङकङसँग जितेमा नेपाल सुपर सिक्समा, अफगानिस्तानसँग भने पराजीत

108 Hits

काठमाडौं –
विश्वकप छनोटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ६८ बल बाँकी छदै पूरा गर्‍यो। यो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

विश्वकप छनोटको समूह बी मा रहेको नेपालले तीन खेलमा एउटामा पनि जीत निकाल्न सकेन। अब नेपालले सुपर सिक्समा पुग्नका लागि हङकङसँग ठूलो अन्तरले जीत निकाल्नुपर्ने हुन्छ। अफगानिस्तानले समूहका सबै खेल खेलिसकेको छ र उसले नेपाललाई जितेको छ। अब हङकङ जारी खेलमा जिम्बावेसँग पराजय निजक पुगेको छ। उक्त खेलमा हङकङ पराजय भए र नेपालले हङकङलाई राम्रो रनरेटसहित पराजय गरेमात्र नेपालको सुपर सिक्स यात्रा तय हुनेछ। त्यसो हुन नसकेमा नेपालको सुपर सिक्स सम्भावना समाप्त हुनेछ।

आजको खेलमा अफगानिस्तालाई जीत दिलाउने क्रममा नजिबुल्लाह जर्दनले नटआउट ५२ रन बनाए। रहमत साहले ४६ रन, मोहम्मद नावीले ३४ रन, जावेद अहमदले २६ र रसिद खानले २१ रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने र करन केसीले एकएक विकेट लिए। जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालले अफगानिस्तानविरुद्ध ओपनिङमा अनिल साहलाई उपकप्तान ज्ञानेन्द्र मल्लसँग मैदानमा पठाएको थियो। ओपनर साह ७ रनमा आउट भएका थिए। त्यसपछि मैदानमा आएका कप्तान पारस खड्काले ७५ रन प्रहार गरे। कप्तानको अर्धशतकीय पारीमा १० चौका र एक छक्का थियो। उनलाई मोहम्मद नावीले क्याच आउट गराए। त्यस्तै उपकप्तान मल्ललाई २३ रनमा रसिद खानले एलबीडब्ल्यू आउट गरे। दीपेन्द्रसिंह ऐरीलाई ३२ रनमा खानले नै पवेलियन फर्काए। ऐरीले ३ चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल एक रनमा आउट भए। नेपालका आरिफ शेखलाई २३ र सोमपाल कामीलाई ९ रनमा नावीले नै आउट गरे। यी दुई खेलाडिलाई लगातार बलमा आउट गरेका हुन्। करन केसी र सन्दीप लामिछानेले पनि दोहोरो अंक जोड्न सकेनन्। अफगानिस्तानका लागि मुहम्मद नावीलेल ४ र रसीद खानले ३ विकेट लिए। साफूर जद्रनले दुई विकेट लिँदा मुजिव रहमानले एक विकेट लिए। नेपालले हङकङसँग खेल्न बाँकी छ।थाहाखबर

Related News

बेल्जीयम बन्यो तेश्रो, उपाधीका लागि फ्रान्स र क्रोयशिया भिड्दै, नेपाली दर्शक क्रोयशियाको पक्षमा

काठमाडौं, ३१ असार रुसमा जारी विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि फ्रान्स र क्रोयशीया भिड्दैछन् । नेपाली…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी