माओवादी र एमालेबीच संगठनमा ५०/५० को भागबण्डा गर्ने सहमति

488 Hits

काठमाडौं, २६ फागुन ।
पार्टी एकीकरण घोषणाको अत्यन्त निकट रहेका दुई वामपंथी पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच संगठनमा समान हैसियतमा पद बाँडफाँड गर्ने सहमति भएको छ । दुई पार्टीबीच संगठनमा पनि सरकारमा झैं ६०/४० को भागबण्डा हुने कुरा बाहीर आइरहेका बेला एकीकरण कार्यदलमा रहेका एक माओवादी नेताले संगठनमा समान हैसियतमा पद वाँडफाँड हुने सहमति भएको खुलासा गरेका हुन् ।

संगठनमा समान हैसियतमा नेतृत्व गर्ने र समान हैसियतमै पुरै संगठनलाई मिलाउने तयारी भएको छ, कार्यदलका सदस्य रहेका माओवादी संसदीय दलका प्रमूख सचेतक देब गुरुंगले भने यस विषयमा दुबै पार्टीमा विवाद छैन । निर्वाचन र सरकार संचालनमा जाँदा ६०/४० भनिएको हो र लागु पनि गरिएको हो तर पार्टी निर्माणमा जाँदा ५०/५० नै हो त्यसमा कुनै समस्या छैन । कार्यदलमा पनि यस विषयमा कुनै विमती छैन ।

माओवादी र एमालेले पार्टीका प्रमूख २ नेतालाइ समान हैसियतमा नेतृत्व गर्ने गरी प्रणाली टुंगाइसकेको तथा ७ बुँदेमा स्पष्ट रुपमा पार्टी एकताको आधार तय भइसकेकोले पार्टी एकतालार्य कसैले रोक्न नसक्ने उनको तर्क छ । जनताको म्याण्डेट पनि पार्टी एकताको पक्षमा छ, कार्यकर्ताको भावना पनि एकताको पक्षमा छ त्यसैले कुनै तागतले पनि एकता रोक्न सक्दैन, उनले भने -तर सरकार निर्माणमा देखिएको ढिलासुस्ती र मधेशी दलहरुको अकर्मन्यताले गर्दा जनतामा केही निरासा देख्न थालीएको छ यसलाई छिटो हल गर्न नसक्दा अस्थिरतावादीहरुले टाउको उठाउने खतरा रहन्छ ।’

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी