दिलीप स्मृति तेक्वान्दो प्रतियोगिता सम्पन्न, १६ समुहमध्ये आयोजक क्लव प्रथम

127 Hits

काठमाडौं, २६ फागुन ।
दिवंगत तेक्वान्दो खेलाडिको सम्झनामा स्थापित दिलिप मेमोरियल ट्रस्टको आयोजनामा राजधानीको थापाथलीमा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कुकुरले टोकेर निधन भएका तेक्वान्दोका राष्ट्रिय खेलाडि तथा प्रशिक्षक राजेन्द्र खत्रीका पुत्र दिलीप खत्रीको स्मृतिमा स्थापित उक्त संस्थाले तेक्वान्दो क्षेत्रमा चासो राख्ने खेलाडिहरुको प्रतिभा विकास गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको थियो ।

दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगितामा १६ टिमबाट ४ सय भन्दा वढि खेलाडिहरुले सहभागिता जनाएका थिए । कार्यक्रको उद्घाटन फागुन २५ गते एक समारोहका बीच गरिएको थियो भने समापन काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको उपस्थितिमा विशेष समारोहबीच फागुन २६ गते गरिएको थियो ।

प्रतियोगितामा तौल समुहहरुले भाग लिएका आयोजक समिति सदस्य पदम लामाले बताए । उनका अनुसार ३० केजीदेखि ५७ केजी समुहका १६ वटा डोजांगका खेलाडिहरुले भाग लिएका थिए ।


समापन कार्यक्रममा बोल्दै उपमेयर खड्कीले आफूले तेक्वान्दो खेलको विकासमा सक्दो सहयोग गर्ने बताउँदै प्रतिष्ठानलाई पूर्ण सहयोग गर्ने बताएकी थिइन् । उनले विजेता खेलाडिहरुलाई बधाई दिंदै पराजित खेलाडीहरुले पनि निरास नभई निरन्तर खेलमा लागिरहन प्रेरणादायी मार्गदर्शन गरेकी थिइन् ।

आफ्नै उदाहरण पेश गर्दै उनले आफूलाई २०६४ र ७० सालमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बनाएको भएपनि अन्तीममा अवसर नदिएपछि आफू अझै सक्रिय रुपले राजनीतमा लागेको र उपमेयर बन्न सफल भएको बताएकी थिइन् ।

कार्यक्रममा शुभकमना मन्तव्य व्यक्त गर्दै काठमाडौं शाखाका अध्यक्ष प्रमोद पराजुलीले आफूहरु पनि प्रतिष्ठानलाई पूर्णरुपले सहयोग गर्न तयार रहेको बताएका थिए भने धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रशिक्षक टनील कर्माचार्यले दिवंगत खेलाडि दिलीपको बारेमा जानकारी गराउँदै दिलीपको निधनले तेक्वान्दो खेल क्षेत्रले अत्यन्त राम्रो प्रतिभा गुमाएको बताएका थिए । उनले उपदेशमूलक कविता समेत सुनाएका थिए ।
कार्यक्रममा प्रशिक्षकहरु, जुरीहरु, निर्णायक मण्डलका सदस्यहरु र खेलाडिहरुलाई सम्मानीत गरी प्रमाणपत्र प्रदान गरिएको थियो भने विजेता खेलाडि र समुहलाई ट्रफी, मेडल र सिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगितामा आयोजक दिलीप स्मृति डोजांग क्लव प्रथम, ढल्कु तेक्वान्दो डोजांग द्धित्तिय र कपन डोजांगले त्रितिय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसअघि प्रतिष्ठानका अध्यक्ष एवं दिवंगत खेलाडि दिलीपका व्वा राजेन्द्र कुमार खत्रीको अध्यक्षतमा सम्पन्न उद्घाटन कार्यक्रममा उद्घाटन कार्यक्रममा राष्टिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सीना प्रमूख अतिथी रहेका थिए भने प्रदेश नं ३ का तेक्वान्दोतर्फका केन्द्रीय अध्यक्ष केशव पुरी विशेष अतिथि रहेका थिए ।

त्यसैगरी काठमाडौं महानगरपालिका ११ नं वडाध्यक्ष हिरालाल तण्डुकार, वडा सदस्य आशा श्रेष्ठ रौनियार, दिपेश राउत, व्वाइज युनियन क्लवका अध्यक्ष निरज राउत, किरण महर्जन लगायतका अतिथि रहेका थिए ।


कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामहरी थापा, महासचिव वद्री कुमार खत्री, सदस्य पदम लामा, रोशन हाडा पनि अतिथिकै रुपमा रहेका थिए । प्रतियोगिताको मुख्य निर्णायक मनोज शाही, आरबी केशर, स्णीम कर्माचार्य र मनोज शाह रहेका थिए । त्यसैगरी जुरीमा मनोज ठकूरी र मनोज शाह रहेका थिए ।

Related News

मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले जित्यो उपाधी । यसरी गरे मेस्सीले ३ गोल

काठमाडौं, १७ बैसाख । अन्तत : स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले हात पारेको छ । सर्वाधिक चर्चित खेलाडी लिओनेल मेसीको…

एक दिवसीय मान्यता प्राप्त क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीको भव्य स्वागत

काठमाडौं, ६ चैत/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । जिम्बाब्वेमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी