सभामुखमा कृष्णबहादुुर महरा निर्विरोध, कांग्रेसले दिएन उम्मेदवारी

84 Hits

काठमाडौं, २५ फागुन ।
प्रतिनिधिसभा सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखको लागि महराको मात्रै उमेदवारी परेपछि उनी सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् ।
प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दर्ता नगराएर महरालार्य निर्विरोध निर्वाचित हुने वातावरण बनाएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाबीच महरालाई सभामुखमा निर्विरोध गर्ने विषयमा छलफल भएको थियो ।

यस अघि संविधानसभाको सभामुखमा पनि माओवादीकै ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी थिइन् ।
बाम गठबन्धनले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि महरा उचित र निर्विवाद पात्र रहेको प्रतिक्रिया दिएको थियो ।
सभामुखमा उम्मेदवारी दर्ता गरी निर्विरोध भएपछि नेता महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताएका छन् । अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको ल्होत्से हलमा उम्मेदवारी दर्ता पछि नेता महराले आफूले सबैलाई मिलाएर अगाडि वढ्न चाहेको बताए ।
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रको बैठकले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यस अघि सभामुखको दावेदार रहेका मध्ये देव गुरुंग प्रमूख सचेतक बनेका छन् भने अन्य आकांक्षीहरुको व्यवस्थापन सम्मानजनक ढंगले गरिने माओवादी अध्यक्षको सचिवालयले जनाएको छ ।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed