यी हुन् सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने कर्मचारी

83 Hits

काठमाडौं ।

सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३/०७४ को सम्पत्ति विवरण बुझाउन पटक-पटक ताकेता गरेको थियो ।

४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै त्यस्तो विवरण दिन अटेरी गरेको राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । केन्द्रका अनुसार आव २०७३/०७४ मा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवकमा सबैभन्दा धेरै शिक्षक छन् ।

११ हजार ४ सय ५५ शिक्षकले विवरण नबुझाएको केन्द्रले जनाएको छ । हाल देशभर कार्यरत शिक्षक संख्या ८२ हजार ७ सय २२ शिक्षकको १४ दशमलव २० प्रतिशत हो ।

यस्तै ४ हजार ५ सय २५ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने ती कर्मचारीलाई अख्तियारले छानविनको दायरामा ल्याएको केन्द्रले बताएको छ । नेपाल समाचारपत्रमा खबर छ

Related News

सरकारी र डा गोविन्द केसी वार्ता टोली : गलाउने रणनीतिमा दुवै

काठमाडौं – सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन…

देउवा सरकारले भदाै १४ पछि गरेका राजनीतिक नियुक्ति खारेज, काे काे पर्लान् ?

काठमाडौं, २१ असार। शेरबहादुर देउवा सरकारले गत भदौ १४ गतेदेखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिका निर्णय सरकारले खारेज…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी