सभामुखमा बाम गठबन्धनबाट माओवादीका महरा सर्वसम्मत, शुक्रबार मनोनयन दर्ता

101 Hits

काठमाडौं, २४ फागुन ।
प्रतिनिधिसभाको सभामुख पदमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व उप्रधानमन्त्री कृष्णबहादुर महरा सर्वसम्मत उम्मेदवार बन्ने भएका छन् । माओवादीको भागमा परेको सभामुख पदमा माओवादीले उम्मेदवार बनाउने तयारी गरेपछि महरा गठबन्धनबाट महरा निर्विरोध उम्मेदवार बन्ने भएका हुन् ।

महरालाई उम्मेदवार बनाउने विषयमा माओवादी केन्द्रले अन्तिम निर्णय भने शुक्रबार मात्रै गर्ने भएको छ । पार्टीले यस विषयमा अन्तिम निर्णय गर्न बाँकी रहेपनि महराको नाममा सहमति जुटिसकेको माओवादी उच्च श्रोतले जानकारी दिएको छ ।
फागुन २६ गते शनिबार हुने सभामुखको निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापाले शुक्रबार बिहानसम्ममा यस विषयमा अन्तिम निर्णय लिने बताइएको छ ।

माओवादीमा सभामुख पदका लागि महरासँगै नेता देब गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल, लेखराज भट्ट र पुर्व सभामुख ओनसरी घर्तीलगायतको चर्चा चलेको थियो । यसमध्ये घर्तीले पछिल्लो समयमा चासो नबढाएकोले उनी सभामुखको रेसबाट बाहिरीने बताइएको छ ।

त्यसैगरी अर्का नेता गिरिराजमणी पोखरेलको समेत सभामुखमा चर्चा भएपनि उनि शिक्षा मन्त्रालय पाउने भएपछि सरकारमा जाने भएका श्रोतले दावी गरेको छ । सभामुखमा परेको माओवादी कोटामा एमालेले कुनै विरोध वा दावी पनि नगरेको एमाले श्रोतले बताएको छ ।

Related News

संघीय संसदका नवनियुक्त दुई सचिवको शपथ,अाजै पदभार ग्रहण

काठमाडौं, १९ बैशाख । संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनियताको शपथ खुवाइएको छ । संसद सचिवालय…

सभामुख महराले लिए सपथ, आजदेखि सम्माननीय

काठमाडौँ, २७ फागुन— प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका सांसद तथा नेता कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको सपथ…

Comments are closed