क्रान्तिकारीले दियो बेनोज स्मृति पुस्तकालयलाई १ लाख १ हजार

109 Hits

काठमाडौं, २४ फागुन

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आफ्ना तत्कालीन उपाध्यक्ष एवम् सहिद वेनोज अधिकारीका नाममा स्थापित पुस्तकालयका लागि रु १ लाख १ हजार हस्तान्तरण गरेको छ । आज राजधानीमा आयोजित १७ औं वेनोज स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले वेनोज प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी आमा हरिमाया अधिकारीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानले वेनोजको जन्मस्थल रहेको तनहुँ जिल्लाको क्यामिन भन्ने ठाउँमा वनाएको दुईतले पक्की भवनमा पुस्तकालय वनाउने काम अन्तिम चरणमा पुगेको वेनोजकी आमा हरिमाया अधिकारीले बताइन ।
राज्यले राहत स्वरुप दिएको रकम,निजी स्रोत र अन्य सहयोगीले दिएको रकमवाट पुस्तकालय बनाएको अधिकारीले जनाइन् । क्रान्तिकारीले आफ्ना केन्द्रीय सदस्यहरुले १ हजारका दरले दिएको रकम संकलन गरि प्रतिष्ठानलाई हस्तान्तरण गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। पुस्तकालयका लागि पुस्तक संकलन गरि पठाउने पनि बस्नेतले जनाए ।

Loading...

Related News

मध्यपश्चिम विश्वविद्यालयमा माघ २६ गते अखिल क्रान्तिकारी गर्जिने, यस्तो छ तयारी

सुर्खेत, २१ माघ । अखिल (क्रान्तिकारी) मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोश्रो इकाइ सम्मेलनको तयारी तिब्र पारेको छ । आगामी माघ २६ गते…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी