राष्ट्रपति निर्वाचनमा आचारसंहिता, क–कसलाई लागू हुन्छ ?

50 Hits

काठमाडौं, २४ फागुन ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरेको छ। आगामी २९ फागुनमा नयाँ राष्ट्रिपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी र कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

राष्ट्रपतिको निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आचारसंहित लागू गर्ने निर्णय गरेको हो ।

क–कसलाई लागू हुन्छ निर्वाचन आचारसंहिता ?

नेपाल सरकार र नेपाल सरकारको मन्त्री,

-प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,

-स्थानीय तह,

– नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,

– सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,

– सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,

-नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,

– निर्वाचनको काममा संलग्न कर्मचारी,

– राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,

-उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

-सार्वजनिक पद धारण गरेको व्यक्ति,

-पर्यवेक्षक,

-सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,

-निजी तथा गैरसरकारी संस्था,

-नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

Loading...

Related News

राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले निर्वाचनको…

बाम गठबन्धका विरुद्ध यस्तो भन्यो निर्वाचन आयोगले

काठमाडौं, २० पुस । बाम गठबन्धनले निर्वाचन आयोगले समानुपातिक निर्वाचनको परिणाम घोषणामा ढिलाई गरेको भन्दे विरोध जनाएपछि निर्वाचन आयोगले उत्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी