४५ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

92 Hits

विराटनगर, २२ फागुन ।

प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित विराटनगरको रानीबाट  एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट विहान १० बजे प्रहरीले पक्राउ गरेको हो ।

उनले चलाएको बी आर ११ ए ए ६२६५ नम्बरको कारको सिटबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ/जोगबनीबाट विराटनगर तर्फ आउने क्रममा शाहले हाकेको गाडी चेकजाँच गर्नेक्रममा सिटमा लुकाई राखेको रकम बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

एसपी बिसीले साह गाडीचालक मात्र रहेको र गाडी धनी पहिचान हुन नसकेको बताए ।  उक्त रकम हुण्डीमार्फत ल्याएको हुन सक्ने आशंका एसपी बिसीले  गरे । प्रहरीका अनुसार साहले १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय थान र १ सय दरका ५ सय थान रकम बरामद गरिएको हो । प्रहरीले यति ठूलो परिमाणको रकम भारतबाट आउनुलाई हुण्डी कारेाबारीको पैसा हुन सक्ने अनुमान गरेको छ ।

 

Related News

जनयुद्धका दमनकारी एसएसपी बढुवाकाे प्रारम्भिक सूचीमा, काे काे परे ?

काठमाडाैं- माअाेवादी अास्था राखेकाे अाराेपमा सर्वसाधारणलाई पक्राउ गरि अमानविय यातना दिने तथा हत्या सम्म गर्न भुमीका खेल्ने प्रहरी एसएसपीहरूलाई बढुवाकाे…

यातायात व्यवसायीहरूकाे भागाभाग, सिण्डिकेट पक्षधर काे काे परे पक्राउ ?

काठमाडौं, २१ बैसाख । यातायातमा सिण्डिकेट लागू गर्न पाउनुपर्ने माग राख्दै अान्दोलन मा उत्रिएका व्यवसायी समितिका पदाधिकारी हरू धमाधम पक्राउ…

Comments are closed