आठसय वर्ष पुराना दुई मुर्ति अमेरिकाबाट नेपाल फर्काइदै

242 Hits


काठमाण्डौं , २२ फागुन । वर्षौअघि नेपालबाट चोरी भएका दुई मुर्ति अन्तत नेपालले नै पाउने भएको छ । अमेरिकाको न्युयोर्क स्थित मेट्रोपोलिटन म्यूजियममा रहेको उक्त ऐतिहासिक मुर्ति नेपाल फर्काइने विषयमा त्यहाँका सरकारी अधिकारी र नेपालका तर्फबाट महावाणिज्यदुत विच सहमति पत्रमा हिजो हस्ताक्षर भएको छ । त्यहाँ रहेका दुई मुर्ति १२ औं शताब्दीको भएको र कुनै समयमा चोरी भएर त्यहाँ पुगेको तथ्य पत्ता लागेपछि करिब पाँच महिना अघिदेखी ति मुर्तिहरु नेपाल फर्काउनका लागि पहल भइरहेको थियो । त्यहाँ भेटिएका दुई मुर्ति मध्ये एउटा बुद्धको मुर्ति काठमाण्डौंको एठ्खा टोलबाट र अर्को शिव पार्वतीको मुर्ति पाटनको टंगालहिटिमा रहेका मुर्ति हुन् । ति मुर्तिहरु अमेरिकाको म्यूजियममा रहेको तथ्य प्राप्त भएपछि महावाणिज्य दुत मधु मरासिनीले नेपाल फर्काउनका लागि विशेष पहल लिनु भएको थियो । नेपालबाट कुनैसमयमा चोरी भएर अमेरिका पुगेका ति मुर्तिहरु ११ औं र १२औं शताब्दीको भएको बताउदै महावाणिज्य दुत मरासिनीले ५ महिनाको कोशिसबाट नेपाल फर्काउने सहमति गर्न पाउँदा निक्कै खुशि लागेको बताउनुभएको छ । ति मुर्तिहरु चोरी भएर आएको जानकारी पाउने वित्तिकै म्यूजियमबाट ति मुर्ति हटाएर अनुसन्धान शुरु भएको थियो । करिब १ महिला भित्रमा सबै प्रक्रिया पुरा गरि ति मुर्तिहरु नेपाल ल्याइने महावाणिज्य दुत मधु मरासिनीले अमेरिका स्थित खसोखास साप्ताहिक संगको प्रत्यक्ष कुराकानीमा बताउनुभएको थियो ।(तस्विर खसोखास डट कम बाट )

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी