देउवालाई सर्वसम्मत हुन नदिन पौडेल पक्षकोे यस्तो तयारी, कसको पक्षमा कति सांसद ?

175 Hits

काठमाडौं, १९ फागुन ।
नेपाली कांग्रेसमा संसदिय दलको नेता को बन्ने भन्ने विषयले झगडाको स्थिति पैदा भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफैं दलको नेता हुन खोजेपछि उनलाई सर्वसम्मत बन्न नदिन र दलको नेता हुन बाट रोक्नको लागि कांग्रेसमा विभिन्न चलखेल हरु भएका छन् भने उनको विरुद्ध पुर्व महामन्त्री तथा गणेशमान पुत्र प्रकाशमान सिंहले उम्मेदवारी नै दिने सार्वजनीक गरेका छन् ।
यस सम्वन्धमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशीत भएको छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षले देउवालाई निर्विकल्प दलको नेता बन्न नदिन सिंहलाई अगाडि सार्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले निर्वाचन भएमा देउवा निर्वाचित हुने लगभग पक्का छ । ‘अहिलेसम्म पार्टीका सबै नेता सर्वसम्मत रूपमै दलको नेता चयन गर्न छलफलमा जुटिरहनुभएको छ, तर कुनै निष्कर्ष निस्केको छैन, निर्वाचनबाटै दलको नेता चयन गर्ने परिस्थिति सिर्जना हुँदै गएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने ।

देउवा समूहमा प्रधान र चौधरी
कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रत्यक्षमा तीनजना निर्वाचित भएका थिए । जसमा गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान छन् । दलको नेता निर्वाचनमा भने सिटौला पक्षमा विभाजन आएको छ । स्रोतका अनुसार सांसद थापा कतै खुलेका छैनन् भने चौधरी र प्रधानले देउवालाई सहयोग गर्ने भएका छन् ।

संस्थापन प्रत्यक्ष : ११ सांसद
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरी सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रुपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

पौडेल पक्ष प्रत्यक्ष : नौजना
प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

समानुपातिक देउवा पक्ष : २८
बालकृष्ण खाण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी, अतहर कमाल मुसलमान, रामबहादुर विष्ट, पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान

पौडेल पक्ष १२
सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दीलेन्द्रप्रसाद बडू, कर्मा घले, विनोद चौधरी, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली, नमिताकुमारी चौधरी

निर्वाचन कार्यक्रम सार्वजनिक
कांग्रेस संसदीय दलको निर्वाचन २१ फागुनमा हुने भएको छ । संसदीय दल निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो । निर्वाचन तालिकाअनुसार २० फागुन साढे ४ बजे मतदाता नामावली प्रकाशन, ६ देखि साँझ साढे ७ बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली २१ फागुन बिहान साढे ८ बजे हुनेछ ।

२१ फागुन बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने समिति सदस्यसचिव प्रेम केसीले जानकारी दिए । विधानअनुसार कांग्रेस संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । दलको नेता कार्यसमितिको निर्वाचन हुने केसीले बताए । संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न चिनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

उम्मेदवारी दर्ता शुल्क ४१ हजार
कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता शुल्क ४१ हजार रुपैयाँ तोकेको छ । निर्वाचनको दिन सचिवालय खर्च जुटाउन उक्त परिमाणको शुल्क तोकिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘निर्वाचनको दिन आवश्यक पर्ने स्टेसनरी खर्च, कर्मचारीका लागि खाजा खर्च जुटाउन त्यति शुल्क तोकिएको हो,’ उनले भने । निर्वाचनपछि कांग्रेसले सांसदबाट लेबी लिएको छैन । दलको नेता चयनपछि मात्र कांग्रेसले पार्टीलाई लेबी बुझाउन संघीय संसद् सचिवालयमा पत्र लेख्ने केसीको भनाइ छ । विगतमा कांग्रेसले प्रत्येक सांसदबाट पाँच हजार रुपैयाँ लेबी लिने गरेको थियो । कांग्रेसमा प्रतिनिधिसभामा ६३ र राष्ट्रिय सभामा १३ गरी ७६ जना सांसद छन् ।

सांसदको शपथपछि मात्र संसदीय दलको निर्वाचन
कांग्रेसले संघीय सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्न लागेको हो । सत्तारुढ एमाले र माओवादी केन्द्रले सांसदले शपथ नै नलिईकनै दलको नेता छनोट गरेका थिए । कांग्रेसले भने सांसद पदको शपथपछि मात्र दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ । कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र दलको नेताको निर्वाचन गर्न लागेको सचिव केसीले बताए ।

यस्तो छ निर्वाचन तालिका
मतदाता नामावली प्रकाशन : २० फागुन,

मतदाता नामावलीउपर दाबी विरोध : २० फागुन अपरान्ह ४ः३५ देखि ५ बजेसम्म

अन्तिम नामावली प्रकाशन : २० फागुन अपराह्न ५ः३० बजे

उम्मेदवार मनोनयन दर्ता : २० फागुन अपराह्न ६ देखि ७ः३० बजेसम्म

उम्मेदवारको दरखास्तउपर दाबी विरोध : २० फागुन ७ः४५ देखि ८ बजेसम्म

उम्मेदवारले नाम फिर्ता लिने : २० फागुन ८ः१५ देखि २१ फागुन बिहान ८ः१५ बजेसम्म

उम्मेदवारको अन्तिम नामावली प्रकाशन : फागुन २१ गते ८ः३० बजे

मतदान : २१ फागुन १० देखि १ बजेसम्म

प्रतिनिधिसभाको नेताले राष्ट्रिय सभाको नेता तोक्ने
राष्ट्रिय सभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

पौडेल पक्ष छलफलमा व्यस्त
पौडेल पक्षले सांसद भेटघाटलाई तीव्रता दिएको छ । अहिलेसम्म कतै नखुलेका सांसद विनोद चौधरीले सिंहलाई मत हाल्ने पौडेल पक्षका एक नेताको दाबी छ । पौडेल पक्षले आफ्नो पक्षको २४ मत आउने दाबी गरेको छ । खुमबहादुर खड्का पक्षले पनि अन्तिममा सिंहलाई सहयोग गर्ने पौडेल पक्षको आकलन छ ।

Loading...

Related News

युरोप भ्रमणमा रहेका कांग्रेस नेता पौडेललाई कार्यकर्ताले खुला पत्र लेख्दै भने- तत्काल युराेप छाड ! (पत्रसहित)

आदरणीय दाई रामचन्द्र पौडेल ज्यु जय नेपाल ! आम निर्वाचनमा नेपाली कांग्रेसले भोगेको पराजयपछि युरोप भ्रमणमा आउने तपाई पहिलो वरिष्ट…

अाेखलढुंगाका ५ दर्जन काँग्रेस नेता नेकपामा प्रवेश

काठमाडौं, ३१ साउन । अाेखलढुंगाका ५ दर्जन बढि कांग्रेस नेता कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी