बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालन : मन्त्री यादव

167 Hits

धनुषा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा मन्त्री यादवले बन्द कारखाना छिट्टै नै सञ्चालनमा ल्याउने बताए ।

जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले जचुकालीमा प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरे।

मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताए । समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

Loading...

Related News

हाम्रा विरुद्ध अनर्गल प्रचार गरियो, मन्त्रालयमा आएर बझ्नुस् : मन्त्रीहरु

काठमाडौं, ५ पुस । सरकारका मन्त्रीहरुले आफूहरु विरुद्ध मिडिया अनर्गल प्रचारमा उत्रिएको भन्दै यथार्थ बुझ्न मन्त्रालय आउन चेतावनी दिएका छन्…

साल्ट ट्रेडिंगले मनायो ५६ औं वार्षिकोत्सव, उदेश्य पुरा भएको छ- मन्त्री यादव

काठमाडौं, २७ भदौ । उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिंग कपोरेशनले आफ्नो उदेश्य पुरा गरेको प्रतिक्रिया…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी