माफ गर ! यसरी मुलुक बन्दैन

1067 Hits

-शैलेन्द्र घिमिरे- दासत्वको विरोधमा ज्यान हत्केलामा राखेर निस्कीएकाहरु कुशल दास वनेर फर्किनु हँदैन । समाज परिवर्तनको महासमरमा हेलीएकाहरु सत्ताको पिठोले जेलिनु हुँदैन। जव मानिसले आफ्ना वारेमा आफै मुल्याकनको वहस छेड्छ ,वस १ त्यहिवेला देखि सो पात्र कम्युनिष्ट रहदैन । त्यसो त हाम्रोमा, हामी हाम्रो आदर्शप्रति कत्तिको इमान्दार छौ । त्यो वहसको विषय होला , तर आजको दिनको माओवादी वा एमाले आन्दोलनका मन्त्री वन्न योग्य पात्रहरुका विचमा देखिएको पहुचवाला मन्त्रालयका लागी लिगलिगे दौड राम्रो संकेत भने होइन ।

दुइपार्टी विचको एकता अगाडी यो प्रवृती दुवै पार्टीमा भए पनि माओवादी केन्द्रमा यो अझै वलियो रहेको छ । यस्मा मनोवैज्ञानिक कारणहरु पनि होलान । व्यक्तिगत राजनैतिक भविश्यको जोडघटाउ वा चिन्ता पनि सायद यस्मा जोडिएको छ । जो यो दौडमा छन तिनले यति विघ्न कराउनुका पछाडी अव वन्ने एकीकृत पार्टीमा तिनका हैसियतको अग्रीम किटान होस भन्ने हो । तिनीहरु कि प्रतिस्पर्धावाट डराएका छन् वा ति अयोग्य छन ।

यसकारण अभि नहि तो कभि नहि भने झै भजन गायकहरुको जोरजाम सहित गरीएको रोइलोमा तिनको मुहार उज्यालो देखिएको छैन । होइन भने घर बन्नु अगाडी नै हैसियत सहितको गृह प्रवेशको आकांक्षा जनमत, आन्दोलन र मुलुकप्रतिको जवाफ विहिनताको पराकाष्टा हो । आफुलाई कम्युनिष्ट भन्ने तर व्यवहारको परीक्षामा आफुलाई नहोमी पहिल्यै तक्माको छेउ ढुकेर वस्ने हाम्रो वाम आन्दोलनको पछिल्लो माहामारी हो । माओवादीमा यो रोग थप भयानक छ ।

प्रचण्डको नजरमा नपरेका र कुमारको भुमिकामा सिंगो हिमालय पर्वत चाहार्ने जमिन वाँचेका भोकाहरु आज पनि सडकमै छन । तिनिहरुलाई आजपनि क्रान्तिकै चिन्ता छ । मुलुक वदल्ने असिम धोको छ । समाजवादको चहकिलो भविश्यमा गुलावी रंग पोत्ने रन्को छ । भाग पाउनेका लागी जे पाए त्यो एथेस्ट छ ।

त्यसो त माओवादी आन्दोलनमा रहेका मध्ये केहीलाई लाग्दो हो यो आन्दोलनको डिजाइन कर्ता म हँ । कसैलाई लाग्दो हो म नभएको भए न लडाइ हुन्थ्यो न प्रचण्ड भन्ने उचाईको निर्माण हुन्थ्यो । न अग्रगति हुन्थ्यो न वाम एकताको सपना सफलीभुत हुन्थ्यो । वास्तविकता के हो भने धेरै हुन सक्दथ्यो तर प्रचण्डको कुशलता नभएको भए यति चाहिँ हुदैनथ्यो । कसैले यो आन्दोलनलाई विसर्जनवादको फोहोर देखेर दुधले नुहाएको कुण्ड खोज्न गएका हुन् कसैले यो आन्दोलन गीध्दले छाडेको सिमलको रुख ठानेर यसमा प्रलय नआउदै सुरक्षित टापुमा आफ्नो अस्तित्व जोगाउन घर सारेका हुन । सत्य हो ! तिनको घर बनेन, यिनको बनेको घरले तिनलाई पिरोलीरहयो र ति साखुल्ले पल्टीदै लगेको छोडेर फिर्ता भए । तथ्य यो हो ।

राजनीतिमा यस्तो हुन्छ तर केहि समय अगाडी दुनियाँले देख्नेगरी गरिएको विप्ल्याटो व्यवहार जनताको मानसपटलमा जिउदै छ भन्ने नजानी प्रचण्ड राजनीति र सपनाको खिल्ली उडाउनु वा धम्कीका वकपत्र तयार गर्नु सरासर वेइमानी हो । आफन्तलाई सांसद वनाउन तिनले लोकतन्त्रको विराट व्याख्या सहित कार्यकर्ताको दिमागमा विर्को लगाउने गरी विद्वताको हवालामा गरेको गैर माक्सवादी व्याख्या पनि गलत हो । संगठनमा संभावित नयाँ गुट जन्माउनका लागी गरीरहेको कसरत आफैमा पतनको पराकाष्टा हो । तिनले मुलुक वनाउदैनन् । तिनले सत्ता चलाउँदैनन् ।आजको दिनमा प्रचण्ड सपनासंगको विद्रोहले मुलुक वन्दैन । मुलुक नबनाउने नाराका पाराहरु प्रचण्ड र केपीको छेउ नपर ।

हजार छलछाम र षड्यन्त्रका वावजुद जनताले कम्युनिष्ट र मुलुकको पक्षमा फैसला गरेका हुन ।एक वाम पार्टीको मिठो सपनालाई उत्सवमय स्विकृती दिएका हुन । मुलुक वन्ने पुर्जामा हजार कष्टको पहाड छिमोलेर सहिछाप गरेका हुन ।

हामीलाई रेल र तेल चाहिन्छ । अर्को पटक फेरी भित्तामा तिम्रा फोटाहरु टाँस्दै जनताकोमा जानु अगाडी समृद्धीको न्युनतम आधार चाहिन्छ । फेरी संभावित नाकावन्दीको धराप दुस्मनले थाप्नु अगाडी सिमामा लहरै उभिएको काँडेतार र वार चाहिन्छ । उत्तरमा खुलेका ढोकासम्म पुग्ने त्रिसुली प्रवाह जस्तै वाटो चाहिन्छ । उद्यमशिलता उत्पादन र समानुपातीक वितरणको हुटहुटी चाहिन्छ । विश्वसामु उचो शिरसहितको नेपाल सवैको चाहना हो तर केटाकेटी झगडावाट यो संभव छैन । उमेर लगानी वाहेकको क्षमता र दक्षता विहीनहरुको घिस्रीने जमातवाट यो संभव छैन । प्रियहरु आन्दोलनमा उमेर विताएको पेन्सन स्वरुप गद्यीको रोइलो नगर ।

अव के होला भन्ने कुरा सायद माओवादी आन्दोलनमा प्रचण्ड वाहेक अरुले कहिल्यै थाह पाएनन । केही प्रयासहरुमा असफल भएको भएपनि प्रचण्ड पराजयको भव्य जुलुस अगाडी पनि हँसिलो वनिरहे र भनिरहे प्रथम हुन संभव छ । यो सपना र योजनाको चमत्कारीक संयोजन मात्र थिएन दृढतापुर्वक अथक प्रयत्नको परिणाम थियो । केहीलाई केही समय अगाडी सम्म यो एक भव्य मजाक वाहेक केही लागेको थिएन । तिनीहरु प्रचण्डको अगाडी गिडगिडाउथे र जनताको विचमा गएर निरासाका गाथा सुनाउथे ।

हामीलाई रेल र तेल चाहिन्छ । अर्को पटक फेरी भित्तामा तिम्रा फोटाहरु टाँस्दै जनताकोमा जानु अगाडी समृद्धीको न्युनतम आधार चाहिन्छ । फेरी संभावित नाकावन्दीको धराप दुस्मनले थाप्नु अगाडी सिमामा लहरै उभिएको काँडेतार र वार चाहिन्छ ।

निराशाका कथालाई जति जिते जमिनका कार्यकर्ता र प्रचण्डले जिते । केहि समय अगाडी प्रचण्ड तिलस्मीका कारण ति एकाएक जागा भए र भाग माथीको प्रलापपुर्ण अधिकारको याचना गरे ।धर्मकथाका नायक जस्तै प्रचण्डले तथास्थु भने । प्रचण्डको नजरमा नपरेका र कुमारको भुमिकामा सिंगो हिमालय पर्वत चाहार्ने जमिन वाँचेका भोकाहरु आज पनि सडकमै छन । तिनिहरुलाई आजपनि क्रान्तिकै चिन्ता छ । मुलुक वदल्ने असिम धोको छ । समाजवादको चहकिलो भविश्यमा गुलावी रंग पोत्ने रन्को छ । भाग पाउनेका लागी जे पाए त्यो एथेस्ट छ । यसमा थप याचिका पल्कीएको चोर विरालोको बानि जस्तो हो ।

यसकारण अभि नहि तो कभि नहि भने झै भजन गायकहरुको जोरजाम सहित गरीएको रोइलोमा तिनको मुहार उज्यालो देखिएको छैन । होइन भने घर बन्नु अगाडी नै हैसियत सहितको गृह प्रवेशको आकांक्षा जनमत, आन्दोलन र मुलुकप्रतिको जवाफ विहिनताको पराकाष्टा हो ।

आज प्रचण्ड संभावनाको जुन भव्यजग खडा छ ,त्यसका सिल्पकार प्रचण्ड नै हुन । सवैले स्थान प्राप्त गर्ने वा मन्दिरको चार चुच्चोमा स्थान पाउनेभन्ने संभव हुँदैन र छनोटको अधिकार पनि प्रचण्ड वाहेक सायदै अरुलाई छ । यो नै सत्य कुरा हो । मन्त्रीका लागी मरीहत्ते गर्नेहरुले पार्टी वनउने जिम्मा लिनु पर्दैन रु कि जित्नुु पार्टी र पार्टी आदेशसंगको सम्वन्ध विच्छेद हो । तिनका भाषामा मरेको आन्दोलन प्रचण्डको कुसलताले वौरीएको छ । यसमा ज्यान भर्ने जिम्मेवारीमा तानातान गर्न पर्दैन रु के अवको पार्टी आन्दोलन र समाजवादमाथी वहसको आवश्यकता सकिएकै हो । विकासको मोडलमा कुनै वहस गर्नु पर्छ कि पर्दैन । तिक्ष्ण दिमागहरुले यता किन नसोचेका । चुनावमा वेचेको तेल र रेल सपना सरकारमा मन्त्री हँुदामात्र संभवहुन्छ भन्ने कस्तो आाधुनिक निष्कर्ष हो ।

कसैले यो आन्दोलनलाई विसर्जनवादको फोहोर देखेर दुधले नुहाएको कुण्ड खोज्न गएका हुन् कसैले यो आन्दोलन गीध्दले छाडेको सिमलको रुख ठानेर यसमा प्रलय नआउदै सुरक्षित टापुमा आफ्नो अस्तित्व जोगाउन घर सारेका हुन ।

गएको निर्वाचन एक भिमकाय वर्ग संघर्ष नै थियो । यसमा कसैको जित वा हार मात्र थिएन । सपना , स्वाधिनता, जनता र कम्युनिष्टले जित्ने कि नजित्ने वा दासत्व गरीवि र पराधिनताले हार्ने कि नहार्ने भन्ने गंभिर प्रश्न थियो । हजार छलछाम र षड्यन्त्रका वावजुद जनताले कम्युनिष्ट र मुलुकको पक्षमा फैसला गरेका हुन ।एक वाम पार्टीको मिठो सपनालाई उत्सवमय स्विकृती दिएका हुन । मुलुक वन्ने पुर्जामा हजार कष्टको पहाड छिमोलेर सहिछाप गरेका हुन ।

यो कुनै मजाक बनाउन सकिने विषय होइन बरु यो गर वा मरको सपना हो । यो सपना कसैको सातपुस्ते सपार्न जसरी पनि मन्त्री वन्नै पर्ने छेपारे रोइलोले अवशानमा नपरोस । कसैले जित्दा मुलुकले नहारोस । मन्त्रीहरुले गुटका गोटीहरुले ओडाएको खादामा रल्लीएर निर्वाचनको आदेश , वामआन्दोलन र समृद्ध मुलुकको सपना नविर्सुन् । यदि यसो भएमा निर्वाचन मार्फत जनताले देखेको सपनामाथिको वेइमानि हुनेछ ।

Loading...

Related News

संविधान : अाधा भरि, अाधा खाली – डा. भट्टराई

संविधान बनेकाे ३ वर्ष पुग्दैछ । त्यही संविधान निर्माणकाे मुख्य अभिभारा निर्वाह गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान लाई…

पत्रकार राजु वस्नेत विरुद्ध उजुरी दिने शुशीलको यस्तो बकपत्र

-सुशील खनाल- पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गेनिङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ । लोकतन्त्रमा पत्रकार र पत्रकारिता…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी