यस्ता नी कलाकार ? भन्छन् -‘अश्लील लाग्छ भने मेरो नहेरे भइगोनी त’

133 Hits

काठमाडौं, १७ फागुन ।
कलाकारले देखाउने दर्शकले हेर्ने रे । कलाकारले के देखाउने र दर्शकले के हेर्ने भन्ने प्रश्न अहिले प्रधान बनेको छ । कलाकारले प्रस्तुती देखाउँदा दर्शकले ताली बजाएर समर्थन गर्ने त सामाय नै हो तर कलाकारले सबै देखाउँदा भने दर्शकले के गरे होलान यस्तै भयो बाँकेमा ।  छाडा गायीकाको रुपमा स्थापित सरस्वती लामाले एक महोत्सवको कार्यक्रममा यस्तै हर्कत देखाएपछि प्रहरीले नै हस्तक्षेप गर्नुपरेको थियो । यस घटनाबारे उनीसँग सोध्दा भन्छीन, मैले त देखाउने हो अश्लील लाग्छ भने नहेरे भइगोनी त ।

हालै बाँकेको कोहलपुरमा आयोजित एक महोत्सवले गायिका लामालाई विवादमा ल्याएको छ । उनले गीत गाउने क्रममा अश्लिलता प्रदर्शन गरेपछि कार्यक्रम नै रद्द गर्नुपरेको खबरहरु आइरहेका छन् । गायिका सरस्वती लामा आफ्नो गायकीका लागि भन्दा बढि छाडापनका लागि चर्चित छिन् । स्टेज शोहरुमा उत्तेजक हर्कत र यूट्यूवमा ‘अश्लिल’ कुराकानीले गर्दा उनको बदनामी भइरहेको छ ।

हाल काठमाडौंमा रहेकी लामालाई कार्यक्रम नै रद्द हुने गरी स्टेजमा के उत्पात गर्नुभयो ? भन्ने पत्रकारहरुको प्रश्नलाई उनले यसमा आफू निर्दोष र अन्जान रहेको दावी गरेकी छन् । ‘मैले नराम्रो हर्कत गरेकी छैन । मैले गीत गाउँदा दर्शकहरुबाट हुटिङ आउनु सामान्य कुरा हो,’ उनले भनिन्, ‘यतिमै कार्यक्रम स्थगित गर्नुपर्ने थिएन ।’

सरस्वतीका अनुसार कार्यक्रमको सबैभन्दा अन्त्यमा उनको प्रस्तुति थियो । उनले करिब १ घन्टा मञ्च ओगटेर गीत गाउने तयारी गरेकी थिइन् । पहिलो गीत ‘उर्वशी’ गाउँदा खासै समस्या आएन । त्यसपछि उनले आयोजकहरुको फर्माइसमा ‘काले दाई’ गाउन थालिन् । यही गीत गाउने क्रममा उनले लगाएको लुगा फुकालेपछि दर्शकहरु उत्तेजित बनेको प्रहरीको भनाई छ ।

सरस्वतीले पनि गीत गाउने क्रममा आफूले लगाएको ज्याकेट फुकालेको स्वीकारिन् । ‘स्टेजमा आफ्नो ज्याकेट फुकाल्ने मेरो स्टाइल हो,’ उनले भनिन्, ‘तर, ज्याकेट फुकाल्दैमा म नाङ्गै भएकी थिइनँ ।’ सरस्वतीका अनुसार उनले ज्याकेट भित्र टिसर्ट र त्यसभित्र इनरवेयर लगाएकी थिइन् । तल छोटो हाफपाइन्ट लगाएकी थिइन् ।

‘टिसर्ट ह्वांगै खुलेको थियो रे नी त ?’ भन्ने प्रश्नमा सरस्वतीले जवाफ दिइन्, ‘यस्तो टिसर्ट त म घर बस्दा पनि लगाउँछु, घुम्न जाँदा पनि लगाउँछु ।’ उनले थपिन्, ‘कि सरकारले हामीलाई यतिसम्म देखाउन पाउने र यति छोप्नु पर्ने भनेर नियम बनाउनु पर्यो ? होइन भने कति लुगा लगाउने वा नलगाउने भन्ने मेरो कुरा हो ।’

सरस्वतीका अनुसार उनले गीत गाउँदा गायक स्वरुपराज आचार्य र नायिका केकी अधिकारी कार्यक्रमस्थलमै थिए भने गायक कमल खत्रि भर्खरै गाएर हिँडेका थिए । ‘काले दाई’ गाउँदै गर्दा दर्शकहरुबीच घमासान हुन थालेपछि प्रहरीले स्टेजमा हस्तक्षेप गरेको थियो । प्रहरीका अनुसार उत्तेजित युवाहरुले एक महिला दर्शकको लुगासमेत च्यातिदिएका थिए । त्यसपछि प्रहरीले प्रस्तुति रोक्न सरस्वतीलाई आग्रह गरेपछि उनले कार्यक्रम सञ्चालकलाई माइक दिएर ब्याक स्टेज गएकी थिइन् ।

‘मलाई कार्यक्रम रोकेर केहीबेर आराम गर्न भनिएको थियो, तर फेरि स्टेजमा फर्किन दिइएन । उहाँहरुले कार्यक्रम नै रद्द गराउनु भएछ । किन बिनाकारण रद्द गरियो, म अचम्ममा परेकी छु,’ उनी भन्छिन् । सरस्वतीका अनुसार उनलाई प्रहरीले पहिले नै स्टेजबाट तल नर्झन आग्रह गरेको थियो र त्यसलाई उनले मानेकी थिइन् । ‘उहाँहरुले भन्नुभएको थियो कि तपाईं स्टेजबाट झर्नुभयो भने हामी दर्शकहरुलाई थाम्न सक्दैनौं, त्यसैलै म पनि सम्हालिएर स्टेजमै गाइरहेकी थिएँ ,’ सरस्वती भन्छिन् ।

कार्यक्रमका लागि आफूले ४० हजार पारिश्रमिक लिएको उनले बताइन् । ‘मैले आफ्नो प्रस्तुति पुरा गर्न नसके पनि आयोजकले मलाई निस्किने बेलामा सम्झौता बमोजिम पुरा पैसा ४० हजार दिनुभयो । कार्यक्रम बीचमै रद्द हुँदा उहाँहरु असाध्यै दुखि हुनुभएको छ ।’ सरस्वतीले भनिन् ।सरस्वतीको अश्लिल चर्तिकलाका कारण कार्यक्रम नै रद्द भएको, प्रहरीले सरस्वतीलाई हिरासतमा लिएको जस्ता समाचार विभिन्न मिडियामा आएपछि आफ्नो परिवार तनावमा परेको उनले बताइन् ।

‘मलाई घरबाट फोन गर्नुभएछ तर मेरो मोबाइलको ब्याट्री सकिएको थियो । त्यसपछि उहाँहरु रातारात प्लेन चडेर कोहलपुर आउनुभयो,’ उनले सुनाइन् । पत्रकारहरुले काल्पनिकरुपमा घटना विवरण बनाएर समाचार सम्प्रेषण गर्दा आफूलाई आघात परेको उनको भनाई छ । ‘यही निहुँमा मैले आत्महत्या गरेको भए के हुन्थ्यो ?’ उनले प्रश्न गरिन् ।

सरस्वती गायन क्षेत्रमा आएको धेरै भएको छैन । दुई वर्षअगाडि उनले आफ्नो पहिलो गीत रेकर्ड गराएकी थिइन् । त्यसयता ३०-३५ वटा गीत उनले गाएकी छिन् । तीमध्ये प्राय रक प्याट्रनका छन् । केही आधुनिक र लोकगित पनि छन् । स्टेजमा उत्तेजक प्रस्तुतिका कारण विभिन्न महोत्सवहरुमा उनको राम्रै ‘डिमान्ड’ हुन्छ । विदेशमा पनि उनको डिमान्ड हुन थालेको छ । केही समयअघि हङकङ गएर फर्केकी उनी चाँडै मलेसिया जाने तयारीमा छिन् ।

यूट्यूवमा सरस्वतीका केही ‘अश्लिल’ अन्तरवार्ताहरु भेट्न सकिन्छ । एउटा अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘कलाकार हिट हुन कि पूँजी चाहिन्छ, कि ‘मु***जी’ चाहिन्छ । यसरी अश्लिल शब्द बोलेको विषयमा प्रश्न गर्दा उनी भन्छन्, ‘मैले यथार्थ कुरा बोलेकी छु, कसैलाई अश्लिल लाग्यो भने नहेर्दा हुन्छ ।’ -पोष्टपाटीबाट

 

Related News

Comments are closed