यसकारण भएन फोरमसँग सहमति, सरकार विस्तारमा अझै ढिलाई

158 Hits

काठमाडौं, १७ फागुन-
बाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण भएको आधा महिना वित्नलाग्दा समेत मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।
माओवादी केन्द्र र एमालेबीच १८ मन्त्रालयमध्ये १० र ८ मन्त्रालय लिने सहमति भइसकेको भएता पनि मधेशी जनअधिकार फोरम पनि सरकारमा समावेश हुने संभावना देखिएपछि दुबै दलले फोरमलाई २ मन्त्रालय दिन सकिने सहमति गरेर मन्त्रीपरिषद विस्तारमा ढिला गरेको बताइरहेका थिए ।

फोरमलाई दिने मन्त्रालयबारे टुंगो नलाग्दासम्म दुबै दलका भागमा परेका सबै मनत्रालयमा मन्त्री नियुक्त गर्न अप्ठ्यारो हुने भएकाले मन्त्रीपरिषद विस्तारमा ढिलाइ भएको बताइरहँदा आज भएको फोरमसँगको छलफलमा पनि सहमति जुट्न नसकेपछि सरकार विस्तारमा अझै ढिलाई हुने देखिएको हो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमाले, माओवादी केन्द्र र फोरम बीचको छलफलमा फोरमले आफूलाई ३ मन्त्रालय माग गरेपछि सहमति जुट्न नसकेको हो । छलफलमा सहभागि एक माओवादी नेताका अनुसार दुई दलले फोरमलाई छानेर २ वटा मन्त्रालय दिन सकिने तर ३ मन्त्रालय दिन नसकिने कुरा राखीएको थियो । तर फोरमले आफ्ना नेताको व्यवसथापन र प्रतिनिधिसभामा प्राप्त सिटका आधारमा आफूले ३ मन्त्रालय पाउनुपर्ने दावी गरेपछि सहमति जुट्न सकेन ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागि रहेका थिए ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी