नेता देखि सर्वसाधारण होलीमा रमाए, प्रचण्डले मनाएनन् होली

278 Hits

काठमाडौं, १७ फागुन ।
आज होली । फागु पुर्णिमा अर्थात होली फागुहरुको पर्व, रंगहरुको पर्व । खुशी र उमंगको पर्व । जसले जति पनि रंगीन हुन पाउने पर्व । मन लागे पनि नलागेपनि रंगीनुपर्ने बाध्यता कतिलाई । होलीको अवसरमा सरकाले सार्वजनीक विदा नै दिएको थियो । सार्वजनीक विदाको सदुपयोग गर्दै युवा युवति र राजनीतिक दलका नेताहरु सम्ेत होलीमा रंगीए । कलाकारहरुलाई त यो पर्व असाध्यै रमाइलो र सिनेमा उद्घाटन गर्ने पर्व पनि बन्ने गरेका छन् ।
होलीको अवसरमा राष्टपति, उपराष्टपति प्रधानमन्त्री र उच्च पदस्थहरुले शुभकामना दिने परम्परा कार्यान्वयन भइरहेको छ ।

एमाले नेता बामदेव गौतम र माओवादी नेता वर्षमान पुन तथा पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताहरुले पनि परिवार र विभिन्न कार्यकर्ताको साथमा होली मनाएका छन् । 
माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको होली मनाएनन् । उनका एक मात्र छोरा प्रकाश दाहालको हृदयघातका कारण यसै वर्ष निधन भएको कारणले दुखित परिवारका अगाडि होली मनाउन त्यति मन नरमाउने भएर उनले होली नमनाएको तर होलीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । 
बानेश्वरमा कलाकारहरुले होली हंगामा नै मनाएका छन् । ‘रेडियो अडियो बानेश्वर होली’ नाम दिइएको कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित कलाकारहरु उपस्थित थिए। कार्यक्रममार्फत मह जोडीले निर्माण गरेको फिल्म ‘शत्रुगते’को प्रवर्द्धन समेत गरियो। 

होली खेल्न आएका सयौं दर्शकमाँझ हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की लगायत कलाकारले सांगीतिक प्रस्तुत दिएर मनोरञ्जन गराएका थिए।

प्रमूख पर्यटकीय नगर पोखरा र काठमाडौ.को पर्यटकीय क्षेत्र ठमेल सहित देशभर नै होली हर्षेाल्लासका साथ मनाइएको छ ।

होलीको अवसरमा लोला हान्ने युवाहलाई प्रहरीले पक्राउ गरेको खबर पनि छ त्यसैगरी मादक पदार्थ सेवन गरी तथा उच्च गतिमा मोटरसाइकल हाँक्ने थुप्रै सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेरौं होलीको केही तस्विरहरु

Loading...

Related News

बैसाख ९ गते पक्का पार्टी एकता हुन्छ : बामदेव गौतम

काठमाडौं, ४ चैत । एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् ।…

प्रचण्डमात्र होइन, माओवादी नेताका सुरक्षाको जिम्मा पार्टीको हो

काठमाडौं, १७ फागुन । नेकपा एमालेका नेता बामदेव गौतम स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनले बाम एकताको लागि खेलेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी