सिरियामा तत्काल कम्तिमा एक महिनाको लागि युद्धविराम गर : राष्ट्रसंघ

77 Hits

काठमाडौँ, १७ फागुन  ।

संयुक्त राष्ट्रसंघ ले सिरियाको राजधानी दमासकसको नजिकै रहेको गुटा नगरमा कम्तिमा एक महिनाको लागि युद्ध विराम गर्न आग्ह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले रिरियामा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेका हुन् ।

दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो ।

सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिन अघिमात्र आग्रह गरेका थिए । तर युद्धविराम नगरिएपछि उनले पुन निर्देशनात्मक आग्रह गर्दै पत्र पठाएका समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन । उनीलाई आवश्यक मानवीय सहायता पु¥याउन पनि सकिएको छैन ।

महासचिव गुथे्रसले युद्धले यहाँका नागरिकलाई आक्रान्त बनाएकोले योे अवस्थाको अन्त्यगरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न आग्रह गरेका हुन् ।

तर राष्ट्रसंघको यो प्रस्ताव बमोजिम यहाँ युद्धविरामको लागि तयारी भने नभएको त्यहाँस्थित संचार संस्थाले जनाएका छन् । बरु मङ्गलबारदेखि यहाँका विद्रोहीहरुमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाई आएको छ ।

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उहाँको यस्तो टिप्पणी आएको हो । सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत एक हप्ताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ ।

यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन । सिरियामा भएको आक्रमण र हिंसाको विश्वव्यापी विरोध भइरहेको छ । तर पनि सिरिया सरकारले यस विषयमा खासै चासो दिएको पाईंदैन ।

Related News

२० दिनमा एक हजारभन्दा बढी सर्वसाधारण मारिए सिरियाको पूर्वी गुटामा

सिरिया । सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन्…

सिरियाली सेनाको कारबाहीमा कम्तीमा ९८ सर्वसाधारणको मृत्यु , कारबाही रोक्न राष्ट्रसंघको आग्रह

सिरिया, सिरियाली सेनाको कारबाहीमा कम्तीमा ९८ सर्वसाधारण मारिएका छन् । राजधानी दमास्कसबाट केही किलोमिटर टाढा रहेको पूर्वी घोउटा क्षेत्रमा सेनाको…

Comments are closed