को हुन् प्रदेश ३ का सामाजिक मन्त्री बन्ने कमाण्डर शरद ?

148 Hits

हेटौंडा, १६ फागुन ।
मन्त्री भन्ने वित्तिकै धेरै लामो इतिहास र प्रचलित संसदीय राजनीतिका पुरना मान्छे मात्रै हुन्छन् भन्ने विषयले अहिले क्रमभंग गरेको छ । त्यस्तै विषयको क्रमभंग प्रदेश नं ३ मा पनि भएको छ । प्रदेश नं ३ मा आज भएको मन्त्रीमण्डल विस्तारमा भएका मन्त्रीहरु संसदीय राजनीतिमा पुराना र अनुभवी नभई परिवर्तनको लािग लडाईमा होमीएका मान्छे बनेका छन् ।
यसको ज्वलन्त उदाहरण माओवादी केन्द्रबाट पहिलो पटक संसदीय राजनीतिमा साँसद जितेका जनमुक्ति सेनाका कमाण्डर युवराज दुलाल शरद पनि हुन् । प्रदेशसभा निर्वाचनमा ३ नं प्रदेश अन्तरगत सिन्धुपाल्चोको प्रदेश सभा क बाट विजयी दुलाल माओवादी जनयुद्धका कुशल कमाण्डर मात्रै होइनन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव र अंगरक्षक कमाण्डर समेत हुन् ।
काठमाडौंको थानकोट मोर्चाको कमाण्डर समेत रहेका दुलाल अहिले ३ नं प्रदेशको समाजिक विकास मन्त्री बनेका छन् ।

२०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा ९हाल चौतारा साँगाचोकगढी नगरपालिका–७०मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ । माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा शरद उपनामले चिनिन उनको वास्तविक नाम युवराज दुलाल हो । अहिले उनलाई युवराजभन्दा पनि शरद उपनामले बढी चिनिन्छन् । पिता गुरुप्रसाद र माता झम्कमायाँको कोखबाट जन्मिएका शरद जेठो छोरा हुन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका शरदका पिता खेती किसानी हुन् ।

गाउँकै सिद्धिगणेश उमाविबाट तत्कालिन एसएलसी ९हाल एससीई० २०५५ सालमा प्रथम श्रेणीमा उर्तिण गरेका उनले एम।ए। ९मास्टर्स डिग्री० सम्मको औपचारिक अध्ययन गरेका छन् । उच्च शिक्षाको लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भएपनि २०५६ सालदेखि जनयुद्धमा होमिएकाले अपुरो रहेको अध्ययन शान्तिप्रक्रियामा सुचारु गरे । उनले आर।आर। क्याम्पसबाट ब्याचलर गरी २०७३ सालमा उनले पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्र विषयमा एम।ए। गरेका हुन् । उनले २०६९ सालमा विश्वकै सर्वोच्च सगरमाथाको सफल आरोहण पनि गरे । उनी मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभा–२ अन्तर्गत प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद हुन् । अहिले उनी समाजिक विकास मन्त्रीमा नियुक्ति भएका छन् ।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed