यस्तो छ माओवादी र एमालेको संगठन मर्जींगको तयारी

325 Hits

काठमाडौं, १५ फागुन
नेकपा एमाले र नेकपा माओवादीले आफ्नो संगठनको एकीकरणलाई अत्यन्तै तयारीका साथ गर्ने बताउँदै आएका छन् । सकेसम्म सबै कार्यकर्तालाई सन्तुष्ट पार्ने गरी जनवर्गिय संगठनमा एकीकरणको तयारी गरिएको एक नेताले बताए ।
पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न संगठनसम्बन्धी कार्यदलको बैठकले विधानको खाका तयार गर्न माओवादी केन्द्का नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन र एमाले नेता वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि एमालेकाट सचिव एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्ट र माओवादी नेता तथा पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमाले सचिव विष्टले जानकारी दिए । दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो ।

गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा केन्द्रका नेता रामबहादुर थापा छन् ।

वैचारिक प्रतिवेदन तयार गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्को कार्यदल पनि गठन भएको छ । दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझुाए पनि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ । रासस

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी