राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले राजीनामा दिने

68 Hits

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले राजीनामा दिने भएका छन् ।

युवराज खतिवडा अर्थमन्त्री भएपछि उनले राजीनामा दिन लागेका हुन् । डा. नेपाललाई सुशील कोइराला नेतृत्वको सरकारले २०७१ चैत ५ गते गभर्नर नियुक्त गरेको थियो । राजीनामा दिने निश्चित भइसकेको छ ।

ओली सरकार आएपछि नैतिक रुपमा उनले राजीनामा दिन लागेका हुन् । केहि दिनमा उनको राजीनामा हुने राजीनामाको ड्राफ्ट तयार भइसकेको उनको कार्यकाल ३ बर्ष पूरा भइसकेको छ । उनी कांग्रेसको कोटाबाट गभर्नर भएका थिए ।

 

Related News

Comments are closed