सरकारमा एकतिहाइ महिला नभए कडा आन्दोलन गर्ने चेतावनी

145 Hits

काठमाडौँ, १५  फागुन। विभिन्न राजनीतिक दलमा आबद्ध महिला नेताहरूले वर्तमान सरकारमा न्यूनतम एकतिहाइ महिलाको प्रतिनिधित्व नभए कडा आन्दोलन गर्ने बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जालमा आबद्ध महिला नेताले सोमबार राजधानीमा आयोजना पत्रकार सम्मेलनमार्फत् सरकारका प्रधानमन्त्री र सरकारमा साझेदारी गरेका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेतृत्वलाई यस्तो चेतावनी दिनुभएको हो । उहाँहरूले नेपालको संविधानको भावना र मर्मअनुरूप ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारको साझेदारी गरेका दलहरूको ध्यानाकर्षण गराउनुभयो ।

संविधानको धारा ४२ को सामाजिक न्यायको उपधारा ६४ मा मन्त्रिपरिषद्, कूटनीतिक निकाय र संवैधानिक आयोगमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुने उल्लेख छ ।
नेकपा (माओवादी केन्द्र )का केन्द्रीय सदस्य एवम् सञ्जालका पूर्वअध्यक्ष शशी श्रेष्ठले संविधानमा भएको व्यवस्थाबमोजिम वर्तमान सरकारमा विनाशर्त न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले दलको सहानुभूति होइन, संविधानमा सुनिश्चित भएको अधिकार खोजेका हौँ, तिनै दलहरूले बनाएको संविधान कार्यान्वयन भएन भने हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौँ, त्यसबाट हुने क्षतिमा सरकार र सरकारको साझेदारी गरेका दलहरू हुनुपर्छ । ’’

नेपाल महिला सङ्घका अध्यक्ष एवम् सञ्जालका पूर्वअध्यक्ष उमा रेग्मीले संविधानको मर्म र भावनाविपरीत सरकारमा एक तिहाइ महिला प्रतिनिधित्व नभएमा न्यायका लागि याचना गर्ने बताउनुभयो । सञ्जालका सचिव ममता गिरीले संविधानमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व गराउने भनिएको छ तर सात प्रदेशमा एकै जना महिला मुख्य मन्त्री र सभामुखका लागि दलको नेतृत्वको आँखामा योग्य नहुनु दुःखद् हो भन्नुभयो ।
नेकपा एमालेकी नेतृ सावित्री भुसालले संविधानले राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको पनि कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले पद पाउन कठिन भएको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँसहित सात जनामा एक जना मात्रै महिला हुनुहुन्छ । जुन प्रतिशतका आधारमा हेर्दा १४.२८ प्रतिशत हुन्छ । वर्तमान सरकारमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रीको रूपमा थममाया थापा नियुक्ति हुनुभएको छ ।
गएको एक वर्षको अवधिमा स्थानीय, प्रदेशसभा, प्रतिनिधिसभा गरी तिनै तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत भएको छ भने प्रदेशसभा र प्रतिनिधिसभामा ३४ प्रतिशत महिला प्रतिनिधित्व भएको छ ।-गोरखापत्रबाट

Loading...

Related News

गच्छेदार बने उपसभापति, पौडेल समुहको असन्तुष्टि, महासमिति बैठक सारियो

काठमाडौं,  कात्तिक । नेपाली कांग्रेसमा नव आगन्तुक विजय गच्छेदार उपसभापति बनाइएपछि प्रतिपक्षी भुमिकामा रहेको पौडेल पक्ष असन्तुष्ट बनेको छ ।…

आफैं प्रमूख भएर बाबुरामले के दिए विकल्प ?

काठमाडौं, १५ कात्तिक । पढाइमा नेभर सेकेण्डको रुपमा परिचित डा बाबुराम भट्टराई राजनीतिमा भने नेभर सेकेण्ड बन्न सकेनन् । प्राय…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी