वाणिज्य मन्त्री मातृका यादवले भने -‘नपढिकन कुनै फाइलमा सही गर्दिन’

145 Hits

काठमाडौं, १४ फागुन ।
माओवादी केन्द्रको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको रुपमा एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा रहेको मन्त्रीमण्डलमा सहभागि भएका माओवादी नेता मातृका यादवले पहिलो फाइलमा सहि गर्न नमानेपछि उद्योग मन्त्रालयमा कर्मचारीहरुको सात्तो गएको छ ।
विगतमा मन्त्रीको पदभार ग्रहण गर्दा कुनै न कुनै एउटा निर्णयमा सहि गर्ने परम्परा तोड्दै मातृका यादवले नपढि फाइलमा सहि नर्ने अडान लिएपछि कर्मचारीहरुमा त्रास छाएको छ ।
भ्रष्टाचारको विरुद्ध  लडाकू मन्त्रीको परिचय बनाएका यादवले कर्मचारीतन्त्रलाई भ्रष्टाचार सुन्य बनाउने उद्घोष गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादव दोस्रोपटक मन्त्री बनेका छन्। यादवले आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

सोमबार माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्रीले शपथ ग्रहण गर्दा यादवले मैथलीमा शपथ लिएका थिए। यादवले सोमवार वाणिज्य मन्त्रालयमा पदभार सम्हालेका छन्।

तीनवटा बेग्ला–बेग्लै मन्त्रालयलाई एकीकृत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइएको छ। तर अहिले पनि तीनवटै मन्त्रालय फरक–फरक स्थानमा छन्।

मन्त्रीले शपथग्रहण गरी पदभार ग्रहण गर्दा पहिलो दिन नै एउटा निर्णय गर्ने परम्परा छ। तर, यादवले त्यो परम्परा तोडेका छन्। शपथपछि राष्ट्रपति कार्यालय शीतल निवासबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका यादवले पदभार ग्रहण गरेलगतै परम्परा अनुसार मन्त्रालयका सचिवहरुले निर्णयका लागि एउटा फाइल ल्याए। तर मन्त्री यादवले त्यस फाइलमा हस्ताक्षर गर्न मानेनन्।

दुई सचिव र आधा दर्जन सहसचिवहरुको उपस्थितमा मन्त्री यादवले भने, ‘नपढिकन कुनै फाइलमा सही गर्दिन। पहिले पढ्छु, त्यसपछि मात्र सही गर्छु।’ मन्त्री यादवलाई पदभार ग्रहण गरेको समयमा एउटा निर्णयमा हस्ताक्षर गर्नैपर्ने परम्परा रहेको सचिवहरुले सम्झाए। ढुवानी पारवहन सम्बन्धी एक फाइलमा सचिवहरुले हस्ताक्षर गर्न आग्रह गरेका थिए। तर पनि यादवले हस्ताक्षर गर्न मानेनन्।

यादव यसअघि वन तथा भूसंरक्षण मन्त्री भएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा यादव मन्त्री भएका थिए। कडा स्वभावका मानिने नेता यादव यसअघि मन्त्री छँदा काम गर्नमा ढिलासुस्ती गरेको भन्दै कर्मचारीलाई शौचालयमा थुन्दा चर्चामा आएका थिए।

त्यसपछि सिराहाको दलित बस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग विवाद हुँदा यादवले राजीनामा गरेका थिए। प्रधानमन्त्रीले दलित बस्ती हटाउन चाहेका थिए भने यादवले दलित बस्ती बसाइ राख्न खोजेका थिए। यसै विषयमा कुरा नमिल्दा यादवले पार्टी छोडेर नेकपा (माओवादी) गठन गरेका थिए। केही वर्षसम्म पार्टी चलाएका यादव स्थानीय निकायको निर्वाचन ताका माओवादीसँग मिसिएका थिए। यादव धनुषा क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed