बादल बने गृहमन्त्री, मातृकालाई वाणीज्य, पोखरेल बने रक्षामन्त्री, खतिवडालाई अर्थ

55 Hits

काठमाडौं, १४ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चार मन्त्री थप्दै दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । यो सँगै ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय बनेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका दुई र आफ्नै दल एमालेबाट दुई गरी ओलीले चार जनालाई मन्त्रीमा सोमबार नियुक्त गरेका हुन ।

प्रधानमनत्री ओलीले माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ गृह, मात्रृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र एमालेबाट ईश्वर पोखरेल रक्षा र युवराज खतिवडाले अर्थमन्त्रीमा नियुक्त गरेका हुन । माअाेवादीका नेता वादल यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वकाे सरकारमा रक्षा मन्त्री बनेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार जना मन्त्रीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएकी छन् । आजै सबै मन्त्रीहरुको शपथ गराउने कार्यक्रम रहे पनि अन्तिम समयमा रोकिएका हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा एमालेका नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन । यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसकेका छन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका हुन छ ।

 

Related News

प्रतिशतमा हाेइन समानताका आधारमा एकता : पोखरेल

काठमाडौँ, १८ वैशाख / नेकपा (एमाले) का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा…

Comments are closed