साउदीबाट नेपालीहरुले गरे यस्तो हृदयविदारक अपील (भिडियोसहित)

60 Hits

काठमाडौं, १४ फागुन ।
कमाएर आफू र परिवारलाई सुखका दिन ल्याउन भन्दै रोजगारीको लागि साउदी अरेबीया पुगेका २ दर्जन नेपालीहरुले १० महिनादेखि आफूहरु विचल्लीमा परेको भन्दै बचाइदिन पहल गर्न आव्हान गर्दै एक भिडियो अपील गरेका छन् ।
नेपालको काठमाडौं मिनभवन खरीबोटस्थित कास्पो इन्टरनेशनल म्यानपावर कम्पनीबाट प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ तिरेर साउदी पुगेका उनीहरुले आफूहरुले काम पनि नपाएको र बस्ने ठाउँ समेत नपाएको भन्दै सबैजना एकै कोठामा १० महिनादेखि बसिरहेको बताएका छन् ।

उनीहरुले आफूहरु नेपाल फर्कन चाहेको र त्यसको लािग सहयोग गरिदिनको लागि सम्वन्धीत सबैलाई अनुरोध गरेका छन् ।
साउदी अरेबीयाको दमाउमा रहेको अलसुरी भन्ने कम्पनीमा काम गर्न भनि पुर्याइएका उनीहरु सबैले त्यहाँस्थित नेपाली दुतावासलाई पनि भनेको तर कुनै उद्धारको पहल नभएको भन्दै दुखेसो पनि पोखेका छन् । उनीहरुले म्यानपावर कम्पनीलाई पनि भनेको तर कुनै चासो नदेखाएको बताएका छन् ।
हेर्नुहोस कम्पनीकै एक कोठाबाट उनीहरुको हृदयविदारक यो भिडियो अपील

हेर्नुहोस कम्पनीकै एक कोठाबाट उनीहरुको हृदयविदारक यो भिडियो अपील

 

Related News

Comments are closed