प्रदेश नं ४ लाई सुशासनको नमुना प्रदेश बनाईने मुख्यमन्त्री गुरुङको दाबी

133 Hits

लमजुङ, १३ फागुन
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बेरोजगार र गरिवि निवारण नभई आर्थिक समृद्धि नहुने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाईले आयोजना गरेको आठौँ सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश रहेको समेत उल्लेख गर्नुभयो । ‘हाम्रो प्रदेशमा जलविद्युत, पर्यटन र कृषिको उच्च सम्भावना छ, यी सम्भावनाको उपयोग गरी प्रदेश नं ४ लाई समृद्ध बनाउन सकिन्छ, त्यो बाटोमा हामी सबै हिँड्नु आवश्यक छ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘विजुली उत्पादन, अर्गानिक कृषि उत्पादन र पर्यटनको माध्यमबाट लमजुङलाई पनि विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सकिने सम्भावना छ, त्यो पाटोमा पनि हामी जुट्नु आवश्यक छ ।’

यसैगरी गुरुङले अवको १० वर्षभित्रमा ५ हजार मेगावाट विद्युत उत्पादन गरी ‘घरघरमा विजुली, जनजनमा शेयर अभियान’लाई सार्थकता दिईने बताउनुभयो । अर्को प्रसंगमा गुरुङले भ्रष्टचारीलाई ‘ठाउँको ठाउँ कारवाही’ गर्ने चेतावनी समेत दिनुभएको छ । भ्रष्टचारमा शुन्य सहनशिलता सिद्धान्त कडाईका साथ लागु गर्दै प्रदेश नम्वर ४ लाई सुशासनको नमुना प्रदेश बनाउने गुरुङको भनाई छ ।

उहाँले भ्रष्टाचार नियन्त्रणको लागि कार्यदल बनाई अनुगमन गर्ने र भ्रष्टाचारीलाई ‘ठाउँको ठाउँ कार्वाही’ गरिने बताउनुभएको छ। लमजुंगको द्रुत गतिमा विकासमा बढिरहेको सुन्दरबजार नगरपालिकामा आयोजित महोत्सवमा पर्यटन प्रवद्र्धन का साथै स्थानिय कृषि उत्पादन तथा घरेलु हस्तकलाका सामानहरु पनि प्रदर्शन र व्यापारमा राखिएका छन् ।

Loading...

Related News

अमेरिकी सेनाको अगुवाइमा काठमाडौँमा सम्मेलन, चीनलाई बिच्काउने !

काठमाडौँ- काठमाडौँमा तीन दिनसम्म चलेको विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलनबारेमा संसदमा प्रश्न उठेको छ। अमेरिकी सेनाको अगुवाइमा भएको…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी