यी हुन् उत्तर कोरियाकी गोप्य हतियार

128 Hits

प्योङयाङ,

उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वको ध्यानाकर्षण गर्न बारम्बार आणविक क्षेप्यास्त्र प्रहार गरिरहनु आवश्यक पर्दैन । उनको हतियार भण्डारणकक्षमा धेरै दृश्य अदृश्य शक्तिशाली औजार छन् । तिनै हतियारहरूमध्येकी एक हुन् आफ्नै आकर्षक बहिनी किम यो जोङ ।
दक्षिण कोरियाको प्योङचाङमा आयोजित हिउँदे ओलम्पिक खेलको अवसरमा किमकी बहिनी यो जोङ पनि सिउल पुगेकी थिइन् । उत्तर कोरियाली प्रतिनिधिमण्डलकी सदस्य यो जोङलाई सिउल भ्रमणको अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले समेत भेटेका थिए ।

आफ्ना दाजुको हस्तलिखित नोट बोकेर राष्ट्रपति निवासमा जाँदा उनका हरेक गतिविधिको विभिन्न देशका टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गरेका थिए । उनको मन्द मुस्कान, हिँडाइ, कपालको स्टाइल र हरेक हाउभाउलाई क्यामेराले फोकस गरेका थिए । मानवअधिकार दुरुपयोग गरेको आरोपमा अमेरिकाले उनलाई कालोसूचीमा राखे पनि सञ्चारमाध्यमले उनको व्यक्तित्वको सदृश्य वर्णन गर्न चुकेनन् । उनीप्रति मिडिया चार्म यस्तो थियो कि मानौँ उनी हिउँदे ओलम्पिककी मुख्य पात्र हुन् ।
प्योङचाङमा जारी हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा सहभागीको ध्यानाकर्षण उनीतर्फ केन्द्रित थियो । धेरैले उनलाई उत्तर कोरियाली नेता किम जोङ उनकी डुप्लिेकट पात्रका रूपमा हेरेका थिए । यो जोङ निकै आकर्षक पहिरनमा देखिएकी थिइन् । समारोहमा सहभागी हुने क्रममा उनीमा बेग्लै ऊर्जा देखिन्थ्यो, जसले समग्र उत्तर कोरियाली महिलाको क्षणिक प्रतिनिधित्व गथ्र्यो । उनको दुर्लभ दृश्य देख्न सहभागी र सञ्चारकर्मीले घाँटी तन्काउनेदेखि आँखा बर्टार्नेसम्म गरेका तस्बिर सामाजिक सञ्जालमा छताछुल्ल पोखिएका छन् ।

धेरै मानिस सो दुर्लभ दृश्य मोबाइलमा कैद गर्न व्यस्त देखिन्थे । भिआइपी कक्षमा उनी बस्दा देश–विदेशबाट आएका आगन्तुक पटक–पटक उनको नजर हेर्नै व्यस्त देखिन्थे । उत्तर कोरियाले एक नम्बरको शत्रु मान्दै आएको अमेरिका र त्यहाँका उपराष्ट्रपति माइक पेन्सबाट केही इन्च टाढा उनी बसेकी थिइन् । त्यस्तै उनका अगाडि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र दक्षिणकी प्रथम महिला थिइन् भने केही पर जापानका प्रधानमन्त्री सिन्जो आबे बसेका थिए । त्यस्तै पछिल्ला लहरमा बसेका विदेशी पाहुनाको ध्यान पनि खेलमा भन्दा उनीप्रति केन्द्रित थियो । रंगशालावरपर सबैले एउटै शब्द खासखुस गरेका थिए, उत्तर कोरियाली नेताकी बहिनी त्यही हुन् । दक्षिण कोरियाली भूमिमा वर्षौंपछि पाइला टेकेकी यो जोङतर्फ इंगित गर्दै अर्का एकजना खासखुस गरेको सुनिन्थ्यो, ऊ हेर त तानाशाह किमकी बहिनी । ‘निकै अनौठो र रमाइलो लाग्यो । यसअघि मैलै कहिल्यै पनि उत्तर कोरियालीलाई देखेको थिइनँ,’ एक अधबैँसेले भने । ‘मेरो मुटु साँच्ची नै पग्लिएको छ,’ अर्का सहभागीले भने ।

‘प्योङयाङकी जनसम्पर्क रानी’
यो जोङ प्योङयोङकी जनसम्पर्क रानी हुन् । उनले दाजु किम जोङ उनको प्रतिनिधित्व गर्छिन् । त्यही भएर विश्वभरका सञ्चारमाध्यमहरू उनीप्रति केन्द्रित थिए ।
‘किमको परिवारलाई प्रत्यक्ष रूपमा देख्न पाउनु दक्षिणका लागि अस्वाभाविक हो,’ बिबिसीका प्योङयाङस्थित पूर्वब्युरो जीन ली भन्छन् । उत्तर कोरियालीहरू निकै आत्मविश्वासी भएको उनको भनाइ छ । ‘उत्तरले आफ्नी सुन्दर युवती पठाएको छ । वास्तवमा उत्तर कोरिया महिला पुरुष दुवै आर्कषक छन् । उनीहरूको मुख्य काम हामीहरूलाई मन्त्रमुग्द पार्नु हो । आफूहरूलाई अन्य देशका अगाडि अब्बल रूपमा प्रस्तुत गर्न उनीहरू माहिर छन् ।
उत्तरले केही साताअघि पूर्वगायिका मोरानबोङ र महिला संगीत समूह पठाएर दक्षिणलाई मोहित पारेको थियो । आफ्नो कला पस्किने उचित स्थान खोज्न हुयुन सोङ वुल सिउलमा लम्किएकी थिइन् । उत्तर कोरियाले पछिल्लोपटक गरेको आणविक परीक्षणको जति चर्चा भएको थियो, त्योभन्दा बढी वुलको हेयर स्टाइलले दक्षिणमा चर्चा पाएको थियो ।

त्यस्तै उत्तरको प्रतिनिधित्व गर्दै दक्षिण पुगेका ‘सुन्दरताका सेना’को पनि उत्तिकै चर्चा रह्यो । चम्किलो हेराइ, बौद्धिक, फूर्तिला र उत्तर कोरियाली शासकप्रति बफादार महिलाहरूको समूह कालो ह्याट, रातो कोट र बुटमा सजिएर बसबाट उत्रिएका थिए । उनीहरूको नजिक सञ्चारकर्मी पुग्दा ती युवतीहरूले मन्द मुस्कान छोडेर वातावरणलाई अझै रमाइलो बनाएका थिए ।
हेराइ र छालाप्रति विशेष सावधानी दर्शाउने दक्षिण कोरियालीको तुलनामा उत्तरका युवतीहरू प्राकृतिक रूपमा सुन्दर र निर्दोष देखिन्थे । सो समूहका एक प्रख्यात सदस्य रि सोल जु थिइन् जो उत्तर कोरियाली नेता किम जोङ उनसँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।- नयाँ पत्रिकाबाट

Loading...

Related News

रोमन क्याथोलिक पादरीद्वारा ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

काठमाडौं, २८ भदौ । जर्मन  रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ ।…

बेलायतका दक्षिण एसिया विभाग प्रमुखले भेटे प्रचण्ड

काठमाडौं । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी