हालसम्मकै ठूलो मस्तिष्क टयुमर निकालीयो, यस्तो थियो बाट १.८ किलो ट्युमर

290 Hits

भारत, १० फागुन
भारतमा चिकित्सकहरूले हालसम्मकै सबैभन्दा ठूलो मस्तिष्क ट्युमर निकालिएको चिकित्सकहरुले जनाएका छन् ।
एक जना युवकको मस्तिष्कमा भएको १.८ किलो तौलको एउटा ट्युमर चिकित्सकहरुले हटाइदिएका हुन्। उनीहरूका अनुसार त्यो ुसंसारकै सबभन्दा ठूलो मस्तिष्क ट्युमरु हुनसक्छ।

ट्युमर निकाल्न गत फेब्रुअरी १४ मा मुम्बईस्थित नायर अस्पतालमा सात घण्टा लामो शल्यक्रिया गरिएको थियो। तर शल्यक्रिया सफल भएको निश्चित नभएसम्म चिकित्सकहरूले यसबारे केही कुरा सार्वजनिक गरेका थिएनन्।

अब स्वास्थ्यलाभबारे चासो छ। तर उनी खतरामुक्त छन्, उक्त अस्पतालका स्नायु शल्यक्रिया विभाग प्रमुख डा त्रिमूर्ति नाडकर्णीले बताए।

उत्तर प्रदेश राज्यमा पसल सञ्चालन गर्ने सन्तलाल पालको मस्तिष्कमा गत तीन वर्षदेखि उक्त ट्युमर थियो। चिकित्सकहरूका अनुसार पालले ट्युमरकै कारण आफ्नो दृष्टि गुमाएका थिए। तर शल्यक्रियापछि स्वास्थ्यलाभ हुँदै जाँदा उनको दृष्टि फर्किन्छ कि भन्ने आशा उनीहरूले व्यक्त गरेका छन्।

पालकी श्रीमतीले द हिन्दूु पत्रिकालाई बताएअनुसार उनीहरूको गृहराज्यका तीन वटा अस्पतालमा चिकित्सकहरूले त्यो ट्युमरको शल्यक्रिया गर्न नसकिने बताएका थिए। यस्ता केसहरू जटिल हुन्छन्, डा नाडकर्णीले भने। पाललाई शल्यक्रिया गर्दा ११ एकाइ रगत दिनुपरेको थियो र शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको थियो।-बीबीसी

Loading...

Related News

क्यान्सर दिवस : कसरी लड्ने क्यान्सरसँग ?

काठमाडौं, २१ माघ – पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष…

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी