ब्लड क्यान्सर पीडित सिलवाललाई जनसम्पर्क मञ्चको सहयोग, सहयोग गर्न सबैलाई अपील

104 Hits

काठमाडौं, १० फागुन ।
उच्च शिक्षा अध्ययन गरी समाजको सेवा गर्ने सपना बोकेर राजधानी आएका लमजुंगका एक युवा यतिवेला ब्लड क्यान्सरको कारण सिभिल अस्पतालबाट जिवनको भिक्षा माग्नुपर्ने बाध्यतामा पुगेका छन् ।
लमजुंगको बेशीशशहर नगरपालिका वाड नं १ उदिपुरका स्थायी वासिन्दा गौरब सिलवाल काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पलताको बेडबाट भन्दैछन् मैले बाँच्न पाउने अधिकार छ की छैन । काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजमा कक्षा १२ मा अध्ययनरत सिलवाल सामान्य रुघाखोकी र टनसिल भएको भनेर परिक्षण गर्न जाँदा चिकित्सकले ब्लड क्यान्सर प्रमाणीत गरेपछि अहिले सिभिल अस्पलताको बे नं २३७ मा उपचाररत छन् । दैनिक २५ हजार भन्दा वढि खर्च गर्नुपर्ने बाध्यतामा रहेको गरीब परिवार उनको जिवन रक्षाको लािग अपील गरिरहेको छ ।

लमजुँग काठमाडौं जनसम्पर्क मञ्चको पहलमा उनको उपचारमा सहयोग संकलन कार्य जारी छ । बनभोज कार्यक्रममा संकलीत रु.२८,५०० पीडितलाई नै हस्तान्तरण गरिएको छ । उनलाई मञ्चका अध्यक्ष गुणराज घिमिरे लगायतले अस्पालको बेडमै उक्त रकम हस्तान्तरण गरेका थिए । लमजुंगबाट प्रतिनिधि सभामा विजयी साँसद देवप्रसाद गुरुंग र यसोदा सुवेदीले १० हजार सहयोग गरेका थिए भने मञ्च कार्यलयले १० हजार र अन्य सहयोगीहरुले दिएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट १ लाख सहयोग प्राप्त गरेबाहेक अन्य सहयोग उपलव्ध नभएको गुनासो गर्दै पीडितका बुबा मिलन सिलवाल भन्छन् हामी जस्ता जनता उपचार गर्न भिख माग्नुको विकल्प भएन । राज्यले कहिले हेर्ला ? सहयोगी मनहरुलाई धन्यवाद ।

Related News

Comments are closed