चरी झैं मारिए गुण्डा नाइके मनोज पुन, गुण्डाहरुको भागाभाग

112 Hits

काठमाडौं, ९ फागुन ।
गुण्डा नाईके तथा विभिन्न हत्या आतंकमा दोषी आरोपीत मनोज पुन मारिएका छन् । हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोलि लागेको थियो । पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आले पनि मारिएका छन् ।

रुपन्देहीको देवहद नगरपालिका(४ भवानीपुरमा आज बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोलि खटिएको थियो ।

सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन् ।

पुन देवदह निवासी हुन् । गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् ।

Loading...

Related News

निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न सबै प्रहरीमाथि छानविन हुने

काठमाडौैंं, २७ भदौ निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि…

कसरी गरिन्छ महिलाको विक्री विदेशी बजारमा ?

काठमाडौं, ३० साउन । केही समयअघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी