खानेपानीको पाइपमा रगत आएपछि बनेपामा भयो यस्तो…….

134 Hits

राजकुमार गोले
काभ्रे, ९ फागुन ।
बनेपा नगरपालिका–९ शाही टोलमा दुई साता अघिदेखि खानेपानीका पाइपबाट रगत र ढल मिसिएको पानी आउँन थालेपछि वडावासी आक्रोसित बनेका छन् । मंगलबार टोलवासी बोतलमा पानी भरेर मेयर लक्ष्मी नरसिं वादे श्रेष्ठको कार्य कक्षमा गए । वडाबासीको गुनासो सुनेपछि मेयर वादेले तत्कालै अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा उनले चाडै समास्याको समधान गर्न प्रक्रिया अघि बढने बताए । उनले भने, ‘वडा कार्यालयमा गुनासाहरु आएका होलन तर म कहाँ आएको थिएन वडाबासीको गोनासो धेरै सुने अनुगमन पनि गरे अब समस्या चाडै सुल्जाउने छु ।’

शाही टालकी सुनिता श्रेष्ठले तिन दिनको एक पटक आएको खानेपानीमा रगत र फोहोर मिसाएर आएको बताइन । उनले भनिन् ‘हामीले वडा कार्यालयमा पटक पटक खबर गर्दा समेत वेवास्था गरे बाध्य भएर मेयरकोमा आएको हो धारामा पानी थाप्दा ढल मिसिएको आउँछ किनेर कत्तिञ्जेल खाने ।’

तीन दिन एक घण्टा पानी आएपनि सफा आए त हुन्थ्यो नि बनेपा कृष्णमन्दिर नजिकै कोठा भाडामा बस्दै आएका इन्द्र बहादुर थापाले भने, ‘१ घण्टा पानी आउँछ त्यो पनि पिउन नहुने रगत मिसिएको लेदो र धमिलो ।’ खानेपानी संस्थानको रेकर्डमा २ दिन विराएर खानेपानी वितरण गर्ने तालिका भएपनि तीन दिनमा एक पटक मात्र खानेपानी वितरण गरिएको स्थानियको आरोप छ ।

यस कारणले खानेपानीमा पशुबध गरेको रगत र फोहोर

बनेपा नगरपालिका–९ शाही टोल नजिकै ढलमा खानेपानीको पाइप बिच्छाएको छ । त्यो ढलमा बगेको रगत र फोहोरका कारण खानेपानीको पाइपमा मिसिएका हुन् ।

जसका कारण शाही टोलदेखि तिनधारा आसपासका क्षेत्रमा फोहोर पानी उपभोक्ताको धारासम्म पुगेको छ । ‘पाइपमा समस्या भएकाले फोहोर पानी नै सर्वसाधारणको घरमा आपूर्ति भइरहेको छ,’ स्थानीय दिपेन्द्र श्रेष्ठले भने, ‘शाही टोलको पशुबध गरेको ठाउँबाट बगेर आएको फोहोर ढलमा मिसिन्छ र खानेपानीको पाइपसँगै भएकाले रगत र फोहोर जति पाइपबाट गइरहेको छ त्यो पानी पिउन बाध्य छ ।’

तर, तिनै छेउमा रहेका पशुबधबाट खानेपानीका पाइप लाइनबाट दूषित पानी गइरहेको हो । खानेपानी संस्थानले थालेको नाली खोल्ने काम भए पनि पशुबधबाट आएको रगत र फोहोरका कारणले समस्या आइरहेको खानेपानी संस्थान बनेपाका सब इन्जिनियर विजय श्रेष्ठले बताए । फोहोर मैलाको ढल र खानेपानीका पाइप लाइनलाई सक्दो चाँडो व्यवस्थित बनाउन उपभोक्ताको माग रहेको छ । अधिकांश घरमा दूषित पानी गए पनि कतिपय घरमा खानेपानी नै नजाने समस्या रहेको छ ।
साथै खानेपानी समस्या समाधानका लागि सरोकारवालालाई आग्रहसमेत गरिएको छ । दूषित पानीका कारण स्वास्थ्यमा समस्या आउनसक्ने खतरातर्फ सबैले सचेत रहन स्वास्थ्यकर्मीले जानकारी गराएका छन ।

पशुबधशालाको व्यवस्थापन गर्न माग

मासु पसल व्यवसायहरुले नगरपालिकाले पशुबधशालाको व्यवस्थापन नर्गनाले यस्तो समस्या आएको अनुगमनको क्रममा बताए । जग्गा मात्र उपलब्ध छ पशुबधशाला बनाउन रकम नभएकाले समस्या भएको माछा मासु व्यवसायी संघ काभ्रेका अध्यक्ष करुणा शाहीले बताइन । ८० लाख रुपैया छुटयाएको भन्ने सुनेर नगरपालिका गएको तर मेयरले पैसा नभएको भनेपछि हामी फर्केको हो शाहीले भनिन् ।- नयाँ पत्रिका

Loading...

Related News

अबैध रूपमा नदीकाे धार परिवर्तन गरी उत्खनन्, २ स्काभेटर पक्राउ

पाँँचथर, १७ माघ । फिदिम नगरपालिका–४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । नगरपालिकाले लगाएको…

कस्तो प्रेम : पतिकाे काजकिरिया सकेपछि पत्नीकाे अात्महत्या !

काठमाडौं, १९ पुस – छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी