सामुदायीक र संस्थागत विद्यालयका शिक्षक र कर्मचारीका माग पुरा गर्न युएण्टोको माग

327 Hits

काठमाडौं, ८ फागुन ।
एकीकृत नेपाल शिक्षक संगठनले सामुदायीक तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुका माग पूरा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
भर्खरै राजधानी काठमाडौंमा सम्पन्न पाँचौ राष्ट्रिय सम्मेलनपश्चात पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै संगठनले उक्त माग सार्वजनीक गरेको हो । बागबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो संगठनको धारणा राख्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष शंकर अधिकारीले आफूहरु शैक्षिक प्रणाली र नीतिहरुमा परिमार्जन र परिवर्तन गरी गुणात्मक शिक्षाको पक्षमा संघर्षरत रहने बताए ।

अधिकारीले शिक्षक र तथा कर्मचारीहरुले निजामतिको दाँजोमा निकै कम अवसर र सुविधा पाएको बताए । उनले संगठनले मुख्य गरेर समाजवादी शिक्षा नीति लागु गर्ने दिशामा नै आफ्नो कार्ययोजना केन्द्रीत गर्ने बताए । उनले समाजवादी शिक्षा नीतिको लागि शिक्षा ऐन २०२८ को खारेजीको माग समेत गरे । त्यसको साथै उनले नेपालको संविधान २०७२ ले निर्देशीत गरेको नयाँ शिक्षा ऐन २०७५ जारी गर्न पनि जोडदार माग गरे । उनले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेटमा वृद्धि गरि न्युनतम पनि २० प्रतिशत पुर्याउन पनि माग गरे ।

संगठनले शिक्षा क्ष्त्रमा देखिएका विकृति र विसंगतिहरुलाई निराकरण गर्नको लािग विशेष रुपान्तरण अभियान नै चलाउने निर्णय गरेको छ । त्यसैगरी संगठनले वामपन्थी शिक्षकहरुबीच एकता अभियान चलाउने, समाजवादी शिक्षा नीतिको कार्यदिशा शैक्षिक विकास अभियान, रुपान्तरण, अन्तराष्ट्रिय सम्वन्ध, उत्पादन र सहकारी, पेशागत समस्याको हल र संघर्ष तथा विज्ञान प्रविधिमैत्रि शिक्षक र शिक्षण सम्वन्धी विभिन्न अभियान सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

फागुन ४ देखि ६ गतेसम्म राजधानीमा चलेको सम्मेलनले अधिकारीको नेतृत्वमा ९३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो भने थप ३५ जना मनोनित गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

शिक्षक संगठनले सोमवार सम्पन्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताको निर्णयलाई स्वागत गरेको छ । सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी पनि चयन गरेको छ ।

Loading...

Related News

शिक्षक संगठनको सम्मेलन सम्पन्न, अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, ७ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय…

युएण्टोको केन्द्रीय समिति ९९ सदस्यीय, पदाधिकारी टुंगाउन बाँकी, आजै घोषणा सभा गर्ने तयारी

काठमाडौं, ७ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति ९९ सदस्यीय बनेको छ । काठमाडौंमा जारी संगठनको पाँचौं…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी