माओवादी र एमालेबीच ७ बुँदे सहमति, नयाँ पार्टीको नाम नेकपा मात्रै, यस्ता छन् एकताका आधारहरु

198 Hits

काठमाडौं, ७ फागुन ।
लामो आशंका र अधैर्यतालाई चिर्दै अन्नतः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एकीकृत हुने भएका छन् । एकताको अन्तिम तयारीमा जुटेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सोमवार राती पार्टी एकताका सात बुँदे आधार तय गरी एकीकृत हुने घोषणा गरेका हुन् ।
पार्टी एकता को अन्तिम गृहकार्यस्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा संयोजन समितिको बैठकमा एकताका सात आधार तयार गरी  एकतावद्ध हुने घोषणा गरेका हुन् ।
सहमति अनुसार अब नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्रै हरनेछ । त्यसैगरी विचारको हिसावले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने र एमालेको जवज, माओवादीको माओवाद र एक्काइसौं शताव्दीको जनवादलाई महाधिवेशन सम्म वहसमा लैजाने सहमति भएको छ ।

हेर्नुहोस एकताको प्रारम्भीक आधार भनेर उल्लेख गरिएका सात आधारहरु :

  •  एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
  • पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
  • ने.क.पा. (एमाले)ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने।क।पा। ९माओवादी केन्द्र०ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
  •  नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा ९माओवादी केन्द्र०को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
  •  उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
  •  महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
  •  आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।
Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी