माओवादी एमाले एकताको अन्तिम गृहकार्यमा, प्रधानमन्त्री निवास बालुवाटरमा भित्र बैठक, बाहिर पत्रकार

113 Hits

काठमाडौँ, ७ फागुन ।
लामो आशंका र अधैर्यतालाई चिर्दै अन्नतः नेपालका दुई ठूला वामपंथी पार्टीहरु एकताको अन्तिम तयारीमा जुटेका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता को अन्तिम गृहकार्यस्वरुप संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । त्यसपछि भक्तपुरमा हिजो भएको माओवादी अध्यक्ष प्रचण्ड र
एमाले अध्यक्ष के पी ओलीको वार्तामा भएको सहमतिलाई आजको संयोजन समितिको बैठकले अनुमोदन गर्ने तथा थप कार्यदल बनाएर एकता टुंग्याउने विषयमा बैठक जारी रहेको छ । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।

एकता संयोजन समितिको बैठक भित्र चलिरहँदा संचारकर्मी पत्रकारहरु भने वाहिर संचारकर्मी कक्षमा राती सम्म समाचार कुरिरहेका छन् ।
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि छन् । तस्विर -टेनिस रोका

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी