शिक्षक संगठनको सम्मेलन सम्पन्न, अध्यक्षमा अधिकारी निर्वाचित

294 Hits

काठमाडौं, ७ फागुन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो ।

सम्मेलनले उपाध्यक्ष ऋषिराम चापागाई, महिला उपाध्यक्ष नानुमाया पराजुली र खुला उपाध्यक्ष बसन्त अधिकारी रहेका छन् । यसैगरी सम्मेलनले सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा प्रदेश १ बाट सीताराम अधिकारी, प्रदेश २ बाट युगेश्वर राउत, प्रदेश ३ बाट इन्द्रराज भट्टराइ निर्वाचित भएका छन् । यसैगरि प्रदेश ४ बाट झपेन्द्र क्षेत्री, प्रदेश ५ बाट मानबहादुर पाण्डे र प्रदेश ७ बाट कृष्णदत्त जोशी निर्वाचित भएका छन् भने महासचिवमा निमबहादुर केसी, उपमहासचिवहरुमा कुलप्रसाद खतिवडा र शान्ति ढकाल निर्वाचित भएका छन् । त्यसैगरी सम्मेलनबाट सचिवहरुमा पुष्प न्यौपाने र सुशिला भट्टराई निर्वाचित भएका छन् ।

संगठनका अनुसार सातै प्रदेश स्तरीय कमीटीका अध्यक्षहरु केन्द्रिय कार्यसमितिमा सचिव सरह रहने छन् । यसअघि नै प्रदेश स्तरीय सम्मेलनहरुबाट १ नम्बर प्रदेशमा राजु बस्नेत, २ मा भूपनारायण यादव, ३ मा दूर्गासिंह लामा ४ मा सोमनाथ ढुंगाना, ५ मा मदन शर्मा, ६ मा रश्मीलाल चपाइ र ७ नम्बर प्रदेशबाट दलबहादुर कार्की अध्यक्षमा निर्वाचित भइसकेका नवनिर्वाचित उपाध्यक्ष ऋषिराम चापागाईले जानकारी दिए ।

फागुन ४, ५ र ६ मा सम्पन्न संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले १३५ जनाको केन्द्रीय समिति मध्ये ९३ जना प्रत्यक्ष निर्वाचित गरेको छ भने बाँकी मनोनित हुनेछन् । यसअघि ४५१ सदस्यीय केन्द्रिय समिति रहेको संगठनमा पाँचौं सम्मेलनबाट १३५ मा झारिएको हो ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष शंकर अधिकारीले ६ महिना भित्र समाजवादी शिक्षाको स्पष्ट खाका तयार गर्ने साथै, शैक्षिक गुणस्तरमा केन्द्रित रहँदै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

Loading...

Related News

त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न…

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी