फोटो हेर्दै अनन्त दम्पतिले भने -‘साँच्चै जनयुद्ध महान् थियो, रहिरहनेछ’

143 Hits

काठमाडौं, ७ फागुन ।
बन्दीपुरको मोर्चा, स्याण्ड मोडल, शहादत गर्ने योद्धाहरुको शव, घाइते योद्धाहरु बोकीएका तस्वीरहरु र आफैंले कमाण्ड गरेका तथा सहभागि भएका प्रशिक्षण र मोर्चाहरुको तस्वीरहरु हेरिसकेपछि अनन्तले रामेछापको गुम्चालमा खेलेको भलिबल खेल्दै गरेको तस्वीरमा अडिँदै व्रिफिंग गरे, वास्तवमै जनयुद्ध धेरै महान् थियो । आँशु रगत र उत्साहको समायोजन थियो त्यो ।

जनयुद्धको २३ औं वार्षिकोत्सव मनाइसकेको माओवादी जनयुद्धको सम्झना गराउने राजधानीको आर्ट काउन्सीलको हलमा भएको फोटो प्रदर्शनीमा श्रीमती एवं पुर्व सभामुख ओनसरी घर्तीसँगै भेटिएका माओवादी नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्त कतै भावुक भए कतै उत्साहित ।

माओवादी जनयुद्धकै कारण नेपालमा परिवर्तन सम्भव भएको भन्दै राजनैतिक परिवर्तनलाई विकास र समृद्धिमा फेर्न कमेन्टमा अपील लेखेका अनन्तले जनयुद्धका ती कठोर र संघर्षमय दिनहरु सम्झे ।
माओवादी महिला छापामारहरुका काँधमा बन्दुक रहेका तस्विरहरुका अगाडि उभिएर अनन्त दम्पतिले आफैंले लडेका लडाईका दिनहरु सम्झीए पुर्व सभामुख ओनसरीले भनिन् यी साँच्चैका योद्धाहरु हुन् । उनले कतिपयले नकक्ली ड्रेस लगाएर तस्वीर खिचेर सामाजिक संजालमा पोष्ट गर्ने गरेको उल्ल्लेख गर्दै यस्ता साँच्चैका योद्धाहरुको सम्मान आजको आवस्यकता हो ।
उनीहरुले माओवादी जनयुद्धको क्रममा नेपालको पश्चिमदेखि पुर्वका पहाड र तराई सम्म युद्धका विभिन्न मोर्चाहरुको नेतृत्व गरेका थिए । विशेष गरेर पुर्वि र राजधानी केन्द्रीत मोर्चाहरुको कमाण्ड गरेका अनन्तले सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं भक्तपुर र महोत्तरी सम्मका विभिन्न् फौजी मोर्चाहरुको प्रत्यक्ष कमाण्ड गरेका थिए । त्यसो त उनले दाँंगको सेनाको व्योकमाथिको पहिलो आक्रमणको पनि कमाण्ड गरेका थिए ।
त्यसैगरी माओवादी नेता टोपबहादुर रायमाझी पनि आइतबार नै तस्वीर प्रदर्शनीमा पुगेका थिए । उनले सबै तस्वीर हेरिसकेपछि जनयुद्धको झझल्को यहाँ पाइएको भन्दै आफू भने त्यतिवेला फोटो खिच्ने र खिचाउनेमा नलागेको बताए । उनले रोल्पाका पहाडहरुमा हिँडेका तस्विरहरु, चुनवाँग बैठकका दृष्यहरु, गण्डक अभियानका दृष्यहरु खुब चासो दिएर अवलोकन गरेका थिए ।
आर्ट काउन्सीलमा साँस्कृतिक संग्रहालय नेपालको आयोजनामा फागुन ३ गतेदेखि शुरु भएको माओवादी जनयुद्धको २ दशक नामक तस्वीर प्रदर्शनीमा जनमुत्तिः सेना सम्वन्धीत अधिकांश तस्वीर समेटिएको छ । माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीमा प्रचण्ड पुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली दिंदै तस्वीर प्रदर्शनीको शुरुवात गरिएको छ । अध्यक्ष प्रचण्डका युद्धकालिन तस्विरदेखि शान्ति सम्झौतामा हस्ताक्षर गरिएको तस्विरसम्म रहेका छन् ।


प्रदर्शनीमा माओवादी जनयुद्धताका संचालित पुर्वि कमाण्ड र राजधानी केन्द्रीत विशेष कमाण्डमा संचालित रेडियो जनगणतन्त्रका संचारकर्मीको तस्विर, जनयुद्धका क्रममा विभिन्न लडाईका तस्विरहरु, महिला जनसेनाका परेड पहिलो स्क्वायर्ड, शान्ति वार्ताका तस्वीरहरु, विकास निर्माणका तस्वीरहरु तथा शहीद स्तम्भ र कम्युन द्धारा संचालित घोर्नेटि अस्पतालसम्मका तस्वीरहरु समेटीएका छन् ।

प्रदर्शनी फागुन सात गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष क्षितीज अरुण श्रेष्ठले बताए । प्रवेश टिकट शुल्क १ सय राखीएको प्रदर्शनीमा जेष्ठ नागरिक र संचारकर्मीलाई परिचय पत्रको आधारमा प्रवेश निशुल्क गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत शुल्क तय गरिएको छ । श्रेष्ठले अपेक्षीत दर्शकहरु नआएको गुनासो गरे ।

Related News

कसरी सक्यो विद्युत प्राधिकरणले १ अर्ब खुद नाफा कमाउन ?

रमेश लम्साल काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको…

देशकाे विकासकाे लागि सिञ्चाइ र उर्जाकाे विकास अावश्यक : मन्त्री पुन

भक्तपुर २३ असार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी