राष्ट्रियसभा सदस्यमा तीन जनाको नयाँ नाम सिफारिस, नाम भने गोप्य

126 Hits

काठमाडौं, ७ फागुन ।

तीन सदस्यीय मन्त्रिपरिषद्को आइतबार बसेको दोस्रो बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नयाँ नाम सिफारिस गरेको छ। यो खबर गोरखापत्र दैनिकले लेखेको छ तर नाम भने गोप्य राखिएको छ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको गोरखापत्रसँग बताएका छन् । तर उनले ती नामहरु सार्वजनिक गर्न अस्वीकार गर्दै आवश्यक समयमा सार्वजनिक गर्ने बताएका छन् ।

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो । तर दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको छैन ।

देउवा सरकारले झापाका गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । ‘अहिले सबै कुरा भन्न मिल्दैन,’ एक मन्त्रीले भने, ‘समय आएपछि सबै कुरा बताउँला ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी