युएण्टोको केन्द्रीय समिति ९९ सदस्यीय, पदाधिकारी टुंगाउन बाँकी, आजै घोषणा सभा गर्ने तयारी

188 Hits

काठमाडौं, ७ फागुन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति ९९ सदस्यीय बनेको छ । काठमाडौंमा जारी संगठनको पाँचौं राष्टिय सम्मेलनले विधानमा व्यवस्था गरेर ९९ सदस्सीय केन्द्रीय समिति बनाउने निर्णय सर्वसम्मतका साथ पारित भएको हो ।

काठमाडौंको भृकुटिमण्डस्थित पुलिस क्लवको हलमा फागुन ४ गतेदेखि शुरु भएको सम्मेलन नेतृत्व चयनमा समझदारी बन्न नसकेपछि तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको हो ।

संगठनका निवर्तमान महासचिव ऋषिराम चापागाईले सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको तर पदाधिकारीहरुको बारेमा छलफल जारी रहेको बताए । उनले सम्मेलन सफलतासाथ सम्पन्न् हुने क्रममा रहेको बताए ।

सबै प्रतिवेदनहरु एक मतले पारित भएका छन् । ४ सय भन्दा वढि संख्यामा रहेको केन्द्य्रीय समिति ९९ मा सिमित गर्न सफल भइएको छ, त्यसैले सम्मेलन भव्यताका साथ सम्पन्न हुँदैछ । आज पदाधिकारीको टुंगो लाग्छ । उनले आजै सम्मेलन समापन गरि घोषणा सभा गर्ने तयारी रहेको बताए ।

सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । सम्मेलनमा देशभरका ११ सय वढि प्रतिनिधिहरु सहभागि भएका थिए । सम्मेलन ६ गते नै समापन गर्ने कार्यसूचि रहेको थियो ।

Loading...

Related News

Over 22 million Pakistani children are out of school

Pakistan, 15 NOv More than 22 million children are still out of school in  Pakistan  A new report by Human…

शिक्षक नेताले दिए शिक्षा मन्त्रीलाई यस्ता सुझाव

काठमाडौं, २८ कात्तिक । शिक्षकहरुको माग पुरा गराउन सरकारले विभिन्न पहल र अभियानहरु सञ्चालन गरिरहेको छ । शिक्षकहरुले पनि विभिन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी