मध्यमर्स्याङदी जलविद्युत आयोजना १० दिनसम्म बन्द हुने

99 Hits

काठमाडौं, ६ फागुन ।
७० मेगावाट क्षमताकोे मध्यमर्स्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि १० दिनसम्म बन्द हुने भएको छ । केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षय रोक्न राखिएको संरचना मर्मतका लागि फागुन १० गतेबाट बन्द गर्न लागिएको हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्यमर्स्याङदीको विद्युत उत्पादन बन्द भएपनि लोडसेडिङ गर्नु नपर्ने बताएका छन् । तर यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आए विद्युत आपूर्ति कहीकतै अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारेका छन । उनले भने, ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्णक्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोबस्ती गरिसकेका छौं ।’

कुलेखानी जलाशयमा पानीको सतह १५२१।९८।मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं।८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ । पानीले क्षति पुर्याएको बाँधको बार्यातर्फको भाग ।

मध्यमर्स्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले बताए । उनले भने, ‘गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र ९एलडिसी० बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो ।’

यस वर्ष पनि मर्मत गरिएन भने थप क्षतिपुग्ने भएकाले सात दिनभित्र मर्मत सक्ने गरी एलडिसीबाट सट डाउन गरिएको गौतमले जानकारी दिए । मर्मतको काम भने २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ । केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र बिहान (पिकआवर) मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमर्स्याङदी अर्धजलाशययुक्त ९पिकिङ रन अफ रिभर० आयोजना हो ।-समाचारदैनिक

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी