नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा वाइसिएलले गर्यो भव्य स्वागत (फोटो फिचर)

194 Hits

काठमाडौं ६ फागुन ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली   स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  पूर्व खेलकद मन्त्री दलजीत श्रीपाइली, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालगायतका पदाधिकारी र कार्यकर्ताहरुले  क्रिकेट टोलीको स्वागत  गरेका थिए ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा उत्कृट प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न वाइसीएलले विशेष कार्यक्रम आयोजना गरेको थियो वाइसीएलले विज्ञप्ति सार्वजानिक गर्दै डिभिजन एक र सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सफल नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न लागिेको बताएको थियो ।
वाइसिएलले नेपालमा उपलब्ध सीमित स्रोतसाधन र अवसरको सदुपयोग गर्दै मुलुकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउन भुमिका खेल्ने प्रशिक्षक र संलग्न सबैप्रति धन्यबाद ज्ञापन गरेको छ । वाइसीएलले तत्काल खेलाडीलाई उचित पुरस्कारको घोषणा गर्न पनि वाम गठबन्धन सरकारसँग माग गरेको छ ।

विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए।

आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ।

आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ।

विमानस्थलमा सरकारी प्रतिनिधि र खेलकुदको मसिहा ठान्ने संघ संंस्थाहरुको उपस्थिति रहेको थिएन । यसप्रति टिप्प्णी गर्दै वाइसिएल महासचिव सवोध राज श्रीपाइलीले फेसबुकमा लेखेका छन् । न त राज्इको कनै निकायको उपस्थिति थियो न त कनै सं संस्थाको, वाइसिएलले गर्यो भव्य स्वागत । उनले खेलाडिलाई राज्यले पुरस्कृत गर्नपर्ने माग गरेका छन् ।

हेर्नहोस उनको स्टाटस

हामीले हिजो राष्ट्रिय क्रिकेट टोलीलाई एयरपोर्टमा भब्यतापुर्वक स्वागत गर्‍यौ । न त्यहाँ राज्यको आदिकारिक खेलकुद निकायको उपस्थिति थियो नत आफुलाई खेलकुदको मालिक सम्झने संघ सस्थाको उपस्त्जिती भयो । हामीले भन्र्का छन देशको लागि गौरवपुर्ण ईतिहास रच्न सफल राष्ट्रिय टिमलाई अहिलेसम्मको भन्दा ठूलो धनरासीले पुरस्कृत गर्नुका साथै निर्धक्क देशको लागि खेलिरहने बाताबरण गराइयोस । यो उपलब्धि १५ दिन पछि बिश्वकप छनौट खेलमा बिजय हासिल गर्दै २०१९ को बिश्वकप खेलेको हेर्ने नेपालीको लागि चाहाना पूरा गर्ने अबसर बनोस् शुभकामना नेपाली हिरोहरुलाई !! धन्यवाद छोटो समयमा राम्रो उपस्थिति सहित खेलाडीको हौसलाको लागि जुट्नुहुने वाइसीएल ३ नम्बर प्रदेश लगायत उपस्थित क्रिकेटप्रेमी मनहरुलाई !

Related News

एक दिवसीय मान्यता प्राप्त क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीको भव्य स्वागत

काठमाडौं, ६ चैत/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । जिम्बाब्वेमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी