तस्विरमा हेरौं, युएण्टोको राष्ट्रिय सम्मेलन, उद्घाटनदेखि बन्द सत्रसम्म

320 Hits

काठमाडौं, ५  फागुन ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय  सम्मेलन काठमाडौंको भृकुटिमण्डपस्थित महेन्द्र पुलिस क्लवमा जारी छ । फागन ४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गर्नुभएको सम्मेलनमा देशभरबाट शिक्षकहरु प्रतिनिधिको रुपमा सहभागि भएका छन् । ४ गते उद्घाटन भएको सम्मेलनको ५ र ६ गते दुई दिन बन्द्र सत्र चल्ने कार्यसूची अनुरुप बन्द सत्र जारी छ ।


उद्घाटन सत्रमा प्रचण्डले जम्मा १५ मिनेट सम्वोधन गरेर करिब सय भन्दा वढि शिक्षक र संस्थाहरुलार्य सम्मान गर्ेका थिए ।
संगठनका अध्यक्ष भोला सापकोटाको सभापतित्व र महासचिव ऋषिराम चापागाईको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले स्वागत भाषण गरेका थिए ।

बन्द सत्रमा संगठनको प्रतिवेदन आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । सम्मेलनमा पुरुष र उल्लेख्य मात्रामा महिला शिक्षीकाहरुको सहभागिता रहेको छ । त्यसका साथै अपांग शिक्षकहरुको पनि सहभागिता रहेको छ ।
सधैं आन्दोलनको क्रममा प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा लैजाने गरेका शिक्षकहरु सम्मेलन नै गर्न त्यसै स्थानमा जाँदा प्रहरीहरु पनि दंग छन् । सम्मेलन ६ गतेसम्म चल्नेछ । सम्मेलनले विधान बमोजिम १ सय को हाराहारिमा केन्द्रीय समिति निर्माण गर्नेछ ।

 

Loading...

Related News

सबैभन्दा बढी नक्कली सर्टिफिकेट शिक्षककै !

काठमाडौं, ११ कात्तिक – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा…

सामुदायीक र संस्थागत विद्यालयका शिक्षक र कर्मचारीका माग पुरा गर्न युएण्टोको माग

काठमाडौं, ८ फागुन । एकीकृत नेपाल शिक्षक संगठनले सामुदायीक तथा संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुका माग पूरा गर्न सरकारसँग…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी